काठमाडौं ६ मार्च २०२६ । नेपालमा बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले खाता खोलेको छ । कांग्रेस उम्मेदवार योगेश गौचन थकाली मुस्ताङबाट विजय भएका हुन् ।
उनी अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए । नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा समेत रहेका उनले १ हजार ५ सय १ अन्तरले जित निकालेका हुन् ।
गौचनले ३ हजार ३ सय ७ मत ल्याउँदा निकटतम प्रतिश्पर्धी विष्टले १ हजार ८ सय ६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७ सय ५९ मत पाउँदा अरु दल निकै कम अंकमा समेटिए ।






