लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को खुला उपाध्यक्ष पदका लागि रोजिना प्रधान राईले औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् । उनले यसअघि एनआरएनएमा महिला उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।
आगामी निर्वाचनमा आफूलाई उपाध्यक्ष पदमा निर्वाचित गराउन सहयोग र समर्थन गर्न उनले सबै गैरआवासीय नेपाली समुदायसँग आग्रह गरेकी छन् । उनले उम्मेदवारी दर्तासँगै १३ पुष्ठको प्रतिबद्धतापत्र समेत सार्वजनिक गरेकी छन् । एनआरएनएको १२ महाधिवेशन शनिबारदेखि काठमाडौंमा सुरु हुँदैछ । नयाँ कार्यसमितिका विभिन्न पदमा ६० जनाको उम्मेदवारी परेको छ ।
यस्ता छन् रोजिनाको प्रतिबद्धता :







