‘स्ट्रेट अफ हर्मुज’ का बिषयमा आकस्मिक वार्ताका लागि लन्डनस्थित आइएमओको आग्रह

SHARE:

लन्डन । अन्तर्राष्ट्रिय समुद्री सङ्गठन (आइएमओ) ले मध्य पूर्व र विशेष गरी स्ट्रेट अफ हर्मुजमा जहाजको खतराबारे छलफल गर्न अर्को हप्ता ‘विशेष सत्र’ बोलाउने आइएमओले बिहीबार जानकारी गराएको छ।

मार्च १८–१९ मा लन्डनस्थित आइएमओको मुख्यालयमा हुने बैठकमा यसका ४० सदस्यमध्ये छ सदस्य बेलायत, इजिप्ट, फ्रान्स, मोरक्को, कतार र संयुक्त अरब इमिरेट्स (युएई) ले अनुरोध गरेका थिए ।

यो बैठकको आह्वान विश्वव्यापी ऊर्जा आपूर्तिको अवरोधले ऊर्जाको मूल्यहरू बढाउने प्रक्षेपणबीच आएको हो ।

‘स्ट्रेट अफ हर्मुज’ बाट विश्वव्यापी कच्चा तेलको पाँच भागको एक भाग आपूर्ति हुन्छ । इरानको जवाफी आक्रमणले ‘स्ट्रेट अफ हर्मुज’ भएर आवतजावत गर्ने कार्गो जहाज र यसका खाडी छिमेकीहरू विरुद्ध प्रभाव पारेपछि विश्व बजारमा इन्धनको मूल्य वृद्धि हुनुका साथै आपूर्तिको अभाव
हुने देखिएको छ ।

बिहीवार, इराकमा दुई तेल ट्याङ्करहरूमा भएको आक्रमणमा कम्तिमा एक चालक दलका सदस्यको मृत्यु भएको थियो भने एक मालवाहक जहाजमा छर्रा लागेर आगलागी भएको थियो ।

इरानका नयाँ सर्वोच्च नेताले बिहीबार ‘स्ट्रेट अफ हर्मुज’ बन्द गर्न आदेश दिनुभएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कच्चा तेलको मूल्यभन्दा इस्लामिक गणतन्त्रको ‘दुष्ट साम्राज्य’ रोक्नु महत्वपूर्ण भएको बताउनुभएको छ।

तेलको मूल्य बिहीबार १०० डलरभन्दा माथि पुग्दा सम्बन्धित बस्तुको बजारले घाटा व्यहोरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!