नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए शपथ

SHARE:

काठमाडौँ २७ मार्च २०२६ । नेपालको ४३औँ प्रधानमन्त्मा बालेन्द्र शाह (बालेन)ले पद तथा गोपनियताको शपथ ललिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा शुक्रबार शाहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् । समारोहमा मुलुकका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति थियो । शपथ अघि बटुकहरुबाट शंखनाथ र लामा गुरुहरुबाट मंगलवाचन गरिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता शाहलाई शुक्रबार नै राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त प्रधानमन्त्री शाह गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं ५ बाट निर्वाचित भएका थिए । उनले त्यस निर्वाचनमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पराजित गरे ।

नवनियुक्त प्रधानमन्त्री शाह आयुर्वेदिक चिकित्सक डा रामनारायण शाह र धु्रवादेवी शाहका सुपुत्र हुन् । उनको जन्म विसं २०४७ वैशाख १४ गते काठमाडौँको नरदेवीमा भएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!