काठमाडौँ । नेपालस्थित बेलायती दूतावासले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार ग्रहण गरेको अवसरमा बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा बेलायत र नेपालको मित्रता अब आधुनिक साझेदारीतर्फ अघि बढिरहेको उल्लेख गरिएको छ । उक्त साझेदारीलाई आर्थिक वृद्धि, युवाका लागि रोजगारी सिर्जना तथा जलवायु उत्थानशीलताजस्ता क्षेत्रहरूमा केन्द्रित गरिने बताइएको छ।
नयाँ सरकारले आफ्ना प्राथमिकताहरू तय गरिरहेका बेला यी तथा अन्य क्षेत्रमा सहकार्य विस्तार गर्न बेलायत उत्सुक रहेको दूतावासले जनाएको छ ।







