काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले थप आन्दोलनको घोषणा गरेको छ ।
मंगलबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सडक, सदन र कानुनी बाटोबाट प्रतिवाद गर्ने निर्णय गरेको हो । बैठकपछि महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्नु गैरकानुनी र प्रतिशोधपूर्ण भएको भन्दै सदन र सडकबाट प्रतिवाद गर्ने निर्णय गरेको बताएका छन् ।
एमालेले २४ चैतमा केन्द्र, जिल्ला र स्थानीयस्तरमा कार्यक्रम गर्ने निर्णय गरेको छ ।
यस्ता छन् एमालेको कार्यक्रम








