ललितपुर र पोखरामा हतियार प्रहार गरी ३ जनाको हत्या

SHARE:

काठमाडौँ । ललितपुर र पोखरामा हतियार प्रहार गरी बुधबार ३ जनाको हत्या भएको छ ।

बुधबार अपराह्न पाटनको दरबार क्षेत्रमा छुरा प्रहारबाट गम्भीर घाइते भएका झापाका दुई युवकको मृत्यु भएको छ । स्थानीय बिएण्डबी अस्पतालमा उनीहरूको बिहीबार बिहान मृत्यु भएको हो । ललितपुर जिल्ला प्रहरी परिसरका अनुसार झापाको कमल गाउँपालिका–६ का सुमित र सृजन नेम्बाङको मृत्यु भएको हो ।

नेम्बाङ दाजुभाइको हत्या अभियोगमा ललितपुर महानगरपालिका–९ का सञ्जीव नेपाली र गैँडाकोटका गगन सुनारलाई पक्राउ गरिएको छ ।

यस्तै पोखराको सभागृहचोकमा बुधबार साँझ एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । साँझ करिब ७ बजे भएको उक्त घटनामा अज्ञात युवकले सडकपेटीमा उभिरहेकी महिलामाथि पछाडिबाट आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । हत्या हुनेमा पोखरा–५ मालेपाटन निवासी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री रहेको प्रहरीले जनाएको छ । पोखरा–८ को सभागृह चोकदेखि शिवालयचोकतर्फ जाने सडकखण्डको दायाँपट्टि उभिरहेकी ती महिलामाथि अचानक हतियार प्रहार भएको थियो । हतियार प्रहारपछि उनी चिच्याउँदै ढलेकी थिइन् । उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषित गरका थिए । आक्रमणपछि युवक मोटरसाइकलमा भागेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले घटनामा संलग्न व्यक्तिको खोजी कार्य तीव्र बनाइएको जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!