कौरा सम्राट दुर्गा गुरुङको एकल साँझका तस्बिरहरु

SHARE:

काठमाडौं । कौरा गायनमा चर्चित गायक तथा स‌ंगीतकार दुर्गा गुरुङ एकल साँझमा शनिबार सम्पन्न भएको छ । ‘दुर्गा गुरुङ एकल साँझ’ तमु (गुरुङ) समाज तनहुँ काठमाडौंकोमा शनिबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको हो ।

कौडा गीतको संरक्षण, संवर्द्धन र प्रचार प्रचारको उद्देश्यले कलाकारिताको २५ वर्षे यात्रामा पहिलोपटक दुर्गा एकल साँझमा उत्रिएका हुन् । दुर्गाले कार्यक्रमको अधिकांश समयमा मौलिक भाका कौरा (चुट्का) गीतहरु प्रस्तुत गरे । कौरा गण्डक क्षेत्रमा बसोबास गर्ने गुरुङ, मगर, दुरा, दराई समुदायमा प्रचलित मौलिक भाका हो । दिउँसो करिब सवा दुई बजे मञ्च उक्लिएका दुर्गाले आफ्ना समुदायको तमु ल्होछार (नयाँ वर्ष) सम्बन्धी ‘खैमो ल्होसार’ (आयो ल्होछार) गीतबाट प्रस्तुति सुरु गरे । लगत्तै लोकपप रोधीं घरैमा एल्बमबाट ‘चिट्ठी लाने ए हुलाकी दाइ, रोधी बस्न आउँछ रे भन्दिनु यानीमायालाई’ बोलको गीत गाए । उक्त गीत गाउँदै गर्दा दुर्गा भावुक देखिन्थे । जुन गीत गाउँदा उनले १३ वर्षदेखि बेल्जियम बस्दै श्रीमती नन्दशोभा गुरुङलाई सम्झेका थिए । दुर्गालाई गायकको रुपमा चिनाउने गीत पनि यानीमाया रहेको उनका सहकर्मीहरु बताउँछन् ।

दुर्गाले करिब तीनघण्टे निरन्तर गाए । त्यसक्रममा उनले आफ्नै सिर्जना, स्वर, रेशम गुरुङ, प्रेम गुरुङ, माया गुरुङ, मानबहादुर बराल मगरलगायत सर्जकका सिर्जना सुनाए । जसमा ‘झिल्के भेना’, ‘गैरागाउ“ सिरानचोक’, ‘सोलु जुबु गाउँ

’, ‘तिम्रै आ“गनमा’, ‘आकाशै उज्यालो’, ‘ए कान्छी’, ‘रिसिङ डाँडा रमाइलो’, ‘आयौ हामी’ लगायतका गीत समेटे । गुरुङले ‘झोरा’ गीत पनि गाएका थिए । संगीत संयोजनमा समेत दख्खल राख्ने दुर्गालाई राजु गुरुङ, टेक गुरुङ, प्रकाश गुरुङ, भीम दुरा, तेजेन्द्र दुरा, राज गुरुङ, शर्मिला गुरुङ, दुर्गा गुरुङ तमुस्यो, टीका पुन, अनु गुरुङ, बबिता गुरुङ, भीमु गुरुङ, अनु गुरुङलगायत दर्जन बढी कलाकारहरुले साथ दिए । दुर्गालाई हौसला बढाउन तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद कृष्णकुमार श्रेष्ठ, प्रदेशसभा सांसद रामबहादुर गुरुङ, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङलगायत विभिन्न राजनीतिक दल, संघसंस्थाका प्रतिनिधिहरु र दर्शकले हल भरिएको थियो । सांसद श्रेष्ठलगायत अतिथि र केही दर्शक मञ्चमै गएर नाचेका थिए । २०३५ मा तनहुँको भानु नगरपालिका पुर्कोट चन्दनीगाउँमा जन्मिएका गायक गुरुङलाई शनिबारको कार्यक्रममा ‘चुट्का (कौडा) सम्राट’ र गीतकार, तथा संगीतकार रेशम गुरुङलाई चुट्का (कौडा) सर्जक सम्राट घोषणा पनि गरिएको थियो ।

दुर्गाले २०५० सालदेखि पोखरामा रहेको लालीगुराँस कल्चर सेन्टरमा बाँसुरी बजाएर सांगीतिक यात्रा थालेली गरेका हुन् । सुरुमा बाद्यवादन गर्ने उनी गायनमा लागेको लागेको ०६२ सालतिर हो । अहिलेसम्म दुर्गाले सय स्वर, संगीत, संगीत संयोजन, एरेन्ज गरेका कौडा, चलचित्र, लोकपप गीतको संख्या ५ हजार नाघेको छ । प्रस्तुतिका बीचबीचमा सहभागी, सहयोगी, शुभचिन्तकप्रति सम्बोधन गर्दै दुर्गाले एकल साँझ अविस्मरणीय रहेको बताए ।

तस्बिर : गीतकार एवं अभिनेता रेमश गुरुङको फेसबुकवालबाट

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!