एटा संवाददाता
काठमाडौं । दम्पती निलमकुमार थापा र शितल पुन ‘चिम्खोले ठिटो’ लिएर बजारमा आएका छन् ।
नेपाली सांगीतिक फाँटमा आफ्नो गाउँको चिनारी गीत र भिडियो बनाउने होडबाजी चलिरहेको बेला थापा र पुन दम्पतीले नयाँ गीत पस्केका हुन् । उनीहरुले यसअघि सन् २०१३ मा पनि ‘चिम्खोला मेरो’ बोलको चिम्खोलाको चिनारी गीत सार्वजनिक गरेका थिए । सो गीत सम्भवतः म्याग्दी जिल्लामै सबभन्दा पहिलो गाउँको चिनारी गीत भएको दाबी गरिएको थियो ।
पछिल्ला प्रचलनअनुसार प्रायःजसो चिनारी गीतहरुमा महिलाद्वारा स्वरांकन गरिँदै आएकोमा चिम्खोले ठिटोमा पुरुष स्वर भरिएको छ ।
विदेशमा बसेर पनि रचनाकार दम्पतीले गीतमार्पmत सधैं आफ्नो जन्मभूमी प्रति माया दर्शाएका छन् ।






