यस वर्ष गुगलमा भारतमा सबैभन्दा धेरै खोजिएको हिरोइनको रुपमा दक्षिण भारतीय मल्याली अभिनेत्री प्रिया प्रकाश बनेकी छिन् । गत वर्ष भारतमा सबैभन्दा धेरै खोजिएको सेलिब्रेटीको सूचिमा सन्नी लियोनी पहिलो नम्बरमा थिइन् ।
उनी अभिनित एक सिनेमाको गीतमा उनले आँखा झिम्काएको भिडियो भाइरल बनेपछि उनी रातारात चर्चित बनेकी थिइन् ।
गुगल इन्डियाले बुधबार यसको जानकारी दिएको हो । उनलाई प्रियंका चोपडाका पति निक जोनासले दोश्रो स्थानमा पछ्याएका छन् । प्रियंका स्वयम भने सूचिको चौथो नम्बरमा परेकी छिन् ।
तेश्रो नम्बरमा हरियाणाका चर्चित गायिका सपना चौधरी परेकी छन् भने पाँचौ स्थानमा सोनम कपुरका पति आनन्द आहुजा रहेका छन् ।
यसैगरी सिनेमाको सूचिमा हलिउड सिनेमाले गतिलो उपस्थिति जनाएका छन् । सूचिको पहिलो नम्बरमा अक्षय कुमार तथा रजनीकान्त स्टारर ‘२.०’ परेको छ भने ‘बागी २’ र ‘रेस ३’ ले क्रमशः दोश्रो र तेश्रो स्थान पाएको छ । यस सूचिमा हलिउड सिनेमाहरूः ‘एभेन्जर्सः इम्फिनिटी वार’, ‘ब्ल्याक प्यान्थर’ र ‘डेडपुल २’ पनि परेका छन् ।
यसैगरी गीततर्फ नेहा कक्कडको ‘दिलबर दिलबर’, अर्जित सिंहको ‘तेरा फितुर’ र आतिफ अस्लमको ‘देख्ते देख्ते’ माथिल्लो अघिल्लो तीन स्थानमा छन् ।
दक्षिण भारतीय मल्याली अभिनेत्री प्रिया प्रकाश सन् २०१८ मा गुगल इन्डियामा सर्वा्धिक खोजिएकी सेलिब्रेटीमा परेकी छन्। गत वर्ष सो सेलिब्रेटीको सूचिमा सन्नी लियोनी थिइन्। उनी अभिनित एक सिनेमाको गीतमा उनले आँखा झिम्काएको भिडियो भाइरल बनेपछि उनी रातारात चर्चित बनेकी थिइन्।
गुगल इन्डियाले बुधबार यसको जानकारी दिएको हो। उनलाई प्रियंका चोपडाका पति निक जोनासले दोश्रो स्थानमा पछ्याएका छन्। प्रियंका स्वयम भने सूचिको चौथो नम्बरमा परेकी छिन्। तेश्रो नम्बरमा हरियाणाका चर्चित गायिका सपना चौधरी परेकी छन् भने पाँचौ स्थानमा सोनम कपुरका पति आनन्द आहुजा रहेका छन्।






