नेपाल आइडल रविको गृह जिल्लामा स्वागत

SHARE:

कञ्चनपुर । गृहनगर पुगेका नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको जिल्लाका बिभिन्न ठाउँमा आज भव्य स्वागत गरिएको छ । विजेता बनेर पुगेका ओडलाई स्थानीय प्रशंसकले बाजागाजासहित काँधमा उठाएर शुक्लाफाँटा नगरपालिकाको झलारीमा परिक्रमा गराएका थिए । नगरपालिकाले आयोजना गरेको कार्यक्रममा ओडलाई नगरप्रमुख दिलबहादुर ऐरले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाल आइडल सिजन २ का विजेता ओडले कुनै पनि प्रतियोगिता जित्नका लागि कसैको साथ चाहिने भएकाले त्यो साथ यहाँका जनताले दिएको बताए । यसैगरी आजै भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टले समेत भीमदत्तनगरमा आयोजित कार्यक्रममा विजेता ओडलाई सम्मानपत्रसहित सम्मान गरेका छन् । महेन्द्रनगर बजारमा आयोजित सम्मान कार्यक्रममा ठुलो सङ्ख्यामा समर्थकको उपस्थिती रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!