फरकपनमा लोकनाटक ‘लिलामे माइलो’

SHARE:

काठमाडौं । नेपाली मौलिक कथावस्तुमा बनेको लोकनाटक ‘लिलामे माइलो’ लगातार तीन हप्ता प्रर्दशन गरिएको छ ।
मंसिर १४ बाट सुरु भएको नाटक पुस ७ गतेसम्म मञ्चनमा भएको हो । नयाँ बानेश्वर थापागाउँ, सिडिओ टोलमा रहेको कुञ्ज थिएटरमा नाटक मञ्चन भरियो ।

रिमेक ड्रामाबन्ने चलन आइरहेको अवस्थामा लिलामे माइलोे पृथक् नेपाली मौलिक कथावस्तुमा बनेको कारणले पनि दर्शकको राम्रो साथ पाइरहेको कार्यकारी निर्माता राजाराम गौतमले जानकारी दिए ।

नाटक मगर समुदायको कथावस्तुलाई लिएर बनाइएको छ । नाटक मञ्चन भइरहेको अवस्थामा नाटकको पात्र परिवेशअनुसारको वास्ना नाटक घरमा आउँदै गर्दा दर्शकलाई फरक खालको रोमाञ्चिन बनाइरहेको हुन्छ जसले दर्शकलाई यथार्थता महसुस गराउन ठूलो मद्दत पुगेको छ । यो किसिमको प्रयोग नेपालमा पहिलो पटक गरिएको हो ।

नाटकले दर्शकको राम्रो साथ र प्रतिक्रिया पाएको छ । लिलामे माइलो फेमेली ड्रामा हो । सामाजिक विषयवस्तुलाई नाटकमा उतारिएको छ । नेपालको ग्रामीण भेगमा बसोबास गर्ने व्यक्तिहरुको स्थानीय रहनसहन, संस्कृति, पर्व, ती गाउँले जीवनयापन गर्नेहरुको जीवनमा हुने घटनाहरुलाई दुरुस्तै कथामा उतारी प्रत्यक्ष अभिनयको माध्यमद्वारा नाटकको रुपमा प्रस्तुत् गरिएको छ ।

धेरै पछि काठमाडौंको नाटक घरमा मौलिक कथावस्तु मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङ आसपासको मगर समुदायलाई आधार बनाएर तयार गरिएको छ । पात्रहरुको चरित्रमा वास्तविकता ल्याउन र दर्शकलाई नयाँपन दिन नाटकको कलाकारसहितको टोली १ हप्तासम्म मोरङको लेटाङस्थित राजारानी ताल आसपास क्षेत्रमा गई चरित्र निर्माणको लागि फिल्ड भिजीटसमेत गरेको थियो ।

कुञ्ज नाटक घरको प्रस्तुति तथा राजाराम गौतमको निर्माणमा बनेको नाटकको कथा/निर्देशकः प्रभाकर न्यौपाने, नाट्य रुपान्तरण : राज थापा काउचा, कलाकारहरु सलमान खान गुरुङ (माइला), निशा पाख्रिन (प्याकुली), राजन भुजेल (दुधे), पुष्पराज अवस्थी (जिम्वाल), विजय नेपाल (सानकाजी), विरेन्द्र खाति, अलविना न्यौपाने (चन्द्रा), मनोज थापामगर (कान्छा), संजिव राई (गाउँले), नमस्ते दिवाकर घिमिरे (सोमे), विपना थापा (जुनु), विरेन्द्र खाती, शिला राना मगर, सचिन मल्ल (धरापे), संगीता थापा, सुनिल मगर (झप्ते), ललित मगर (लोके), चक्र विष्ट (गाउले), पारुहागं राई (बनकाँडे) रहेका छन् ।

प्रचार परिकल्पना लुक्स नेपाल इभेन्टस एण्ड मिडिया प्रा.लिको रहको छ । संगीत परिचालन प्रकाश घिमिरे, राजीव श्रेष्ठ, प्रवीन लाखाजु, फोटोग्राफी डकुमेन्टेसन ः युसव गौतम, भेषभुषाः दीपिका थापा, प्रकाश परिकल्पना तथा परिचालन रामबाबु रेग्मी, जीवन बराल, मञ्च परिकल्पना झकेन्द्र बीसी, सेट : निर्मल साउद, प्रप्स निर्माणः सन्जिव राई, पोस्टरः प्रकेश सिन्धुलीया, मञ्च व्यवस्थापनः पुष्पराज अवस्थी, पब्लिक रिलेसन अफिसरः पदम घिमिरे, डिजिटल मार्केटिङः फोर क्युव ईन्टरटेनमेन्ट प्रा.ली को छ ।

नाटकलाई देशका विभिन्न थिएटरहरुमा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवहरुमा समेत मञ्चन गर्ने गरी तयारी गरिएको निर्माता गौतमले बताए । नेपालपश्चात् नाटक भारतको सिक्किम, दार्जिलिङ, सिलगुडी, आसाम, थाइल्यान्ड, म्यानमार, बंगलादेशमा समेत प्रदर्शनको तयारी गरिएको उनले बताए । नाटक मौलिक र सामाजिक परिवेशलाई आधार बनाइएको छ ।

नाटकले यस अघि नै नेपालमा पहिलो पटक नाटकको प्रोमोसन भिडियो बनाएर युट्युवमा सार्वजनिक गरेको थियो भने उत्कृष्ट ट्रोल भिडियो, पोस्टर, बनाउनेलाई नगद रु ५ हजार र २ जनालाई दाजिलिङ टुर प्याकेजको घोषणा गर्नुको साथै विभिन्न अफरहरु राखेर निःशूल्क टिकटको पनि व्यवस्था गरेको छ । नेपाली नाट्य क्षेत्रमा यो किसिमको प्रचारप्रसारको शैली पहिलो पटक अपनाइएको जानकारहरु बताउँछन् ।

नेपाली नाट्य क्षेत्रमा नयाँ प्रयोगसहित, नाटकको माध्यमबाट पुर्वी नेपालका आदिवासी जनजातिमध्येका मगर जातिको रीतिरिवाज, चालचलन, कला साहित्य र संस्कृतिलाई प्रवद्र्धन गर्नुको साथै पर्यटकीय क्षेत्र मोरङको राजारानी ताललाई पनि प्रवद्र्धन गर्न मद्दत पुग्ने निर्माता गौतमको भनाइ छ ।

सामाजिक उत्तरदायित्व निर्वाहको लागि भन्दै नाटक मंसिर १२ गते काठमाडौंमा रहेका सुकुम्बासी बस्तीका बालबालिकालाई देखाइएको थियो भने मंसिर १३ गते वृद्धाश्रमका महिलाहरुलाई निःशुल्क देखाइएको थियो ।
लिलामे माईलो नाटक मञ्चनबाट संकलन हुने रकम खर्च कटाएर बाँकी रकम सामाजिक कार्यमा खर्च गरिने निर्माता गौतमले बताए । नाटक माइला भएर जन्मनुभएकाहरुले निःशुल्क हेर्न पाउने छन् । सुकुम्बासी बस्तीका बालबालिका र ७० वर्षभन्दा माथिका वृद्धवृद्धाले यो नाटक कुनै पनि दिन निःशुल्क हेर्न पाउने कार्यकारी निर्माता गौतमले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!