स्वदेश फर्किइन गायिका मञ्जु

SHARE:

अल्डरसट । लमजुङ समाज युकेको निमन्त्रणामा बेलायत आएकी नेपालकी लोक गायिका तथा चर्चित ठाडो भाकाकी गायिका मञ्जु बिक ५ महिनाको बेलायत बसाईपश्चात् नेपाल फर्किएकी छन् ।

गायिका बिकलाई गत आइतबार २२ अप्रिल २०१८ का दिन लमजुङ समाज युकेका अध्यक्ष बोहत गुरुङलगायत पदाधिकारी एवं सदस्यहरु, एनआरएनए युकेका उपाध्यक्ष शेर सुनार, सिर्जनशील नेपाली समाज युकेका अध्यक्ष धनबहादुर सार्कीलगायत संगीतप्रेमी एवं शुभ चिन्तकहरुले हिथ्रो विमानस्थलमा गई बिदाई गरेका थिए ।

केही समय अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा समेत गाउँदै आएकी बिकलाई एक कार्यक्रमकाबीच गत शुक्रबार २० अप्रिल २०१८ बेलुकी बिदाइ गरिएको थियो । अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टद्वारा आयोजित सो कार्यक्रममा बेलायतवासी संगीतप्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले उनलाई खादा लगाई बिदाइ गरेका थिए । सो अवसरमा गायिका मञ्जु बिकले बेलायतमा आफूलाई निमन्त्रणा गर्ने लमजुङ समाज युके, गाउने अवसर प्रदान गर्ने विभिन्न संघसंस्था, आफ्नो गीत सुनिदिने दर्शक तथा श्रोता, शुभचिन्तक, मिडिया र सम्पूर्ण नेपाली संगीतप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरुलाई विशेष धन्यवाद दिइन् । स्मरणरहोस् उनी लमजुङ समाज युकेको निमन्त्रणामा केही महिनाअघि बेलायत आएकी थिइन् ।

बेलायतका विभिन्न सहरहरुमा आफ्नो कला प्रस्तुत् गरिसकेकी मञ्जु बिक नयाँ पुस्ताकी ठाडो भाकाकी गायिकाको रुपमा पनि त्यत्तिकै परिचित छिन् भने लोक तथा दोहोरी र आधुनिक पप गीत समेत सहजै गाउँछिन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!