क्यान्सर जित्ने सेलिब्रिटीहरु

SHARE:

अझै पनि धेरैलाई लाग्छ, क्यान्सर लाग्नु भनेको ढिलो वा चाँडो जीवन गुमाउनु हो । केही अघिसम्म त क्यान्सर निको पार्ने औषधि नभएकाले पनि रोगीले मृत्युसँग आत्मसमर्पण गर्नुको विकल्प थिएन । तर अब अवस्था त्यस्तो रहेन । कैयन् क्यान्सरपीडित उपचारपछि पूर्ण निको भई पूर्ववत् जीवनमा फर्किएका उदाहरण छन् ।

यहाँ हामीले क्यान्सर पीडितहरुलाई आत्मबल मिलोस् भनेर बलिउडका केही सेलेब्रिटीको बारेमा जानकारी दिएका छौं । उनीहरु अहिले क्यान्सरबाट मुक्त भएर नयाँ जीवन पाएका छन् ।
बलिउड अभिनेत्री सोनाली बेन्द्रेलाई गत वर्ष क्यान्सरले समात्यो । न्युयोर्कमा उपचार गर्ने क्रममा उनको शरीरमा क्यान्सर चौथो चरणमा फैलिइसकेको पत्ता लागेको थियो । उनलाई मेटास्टेटिस नामक क्यान्सर लागेको थियो । जुन क्यान्सरलाई उच्च जोखिमको मानिन्छ । यस क्यान्सरका सेल शरीरमा एकैठाउँमा रहँदैनन् । खतरनाक मानिएको उक्त क्यान्सरसँग सोनालीले अन्ततः विजय पाइन । क्यान्सर मुक्त भएपछि सोनालीले इन्स्टाग्राममा पोस्ट राख्दै आफू काममा फर्किएको बताइन् ।
अभिनेता आयुष्मान खुरानालाई पत्नी ताहिरा कश्यपको क्यान्सरले तनाव दियो । उनलाई ब्रेस्ट क्यान्सर भयो । यति बेला क्यान्सरसँग लडिरहेकी ताहिरा हालैको ल्याक्मे फेसन विकको र्‍याम्पमा क्याटवाकसहित देखिइन् । सर्ट फिल्मकी निर्देशकसमेत रहेकी ताहिरा मुडुलो टाउकोमा नै रुर्‍याम्पमा उत्रेकी थिइन् ।

गत वर्ष नै अभिनेता इरफान खान पनि बिरामी परे । उपचारका लागि लन्डन गएपछि उनमा न्युरोएन्डोक्राइन ट्युमर भएको पत्ता लाग्यो । यस खालको ट्युमर शरीरका जुनसुकै भागमा पनि आउन सक्छ । तर सुरुवाती असर भने हार्मोन पैदा गर्ने रक्त कोशिकामा देखिने बताइन्छ । इरफान यसको उपचार सँगसँगै काममा पनि छन् ।

मनीषा कोइरालाको सन् २०१२ मा गर्भाशयमा क्यान्सर भएको पुष्टि भयो । त्यसताका मनीषालाई क्यान्सर भएको खबरले उनका फ्यानलाई समेत बेचैन बनाएको थियो । तर मनीषाले आफूलाई क्यान्सर मुक्त गराउन सफल भइन् र फिल्ममा समेत कमब्याक भइन् । बलिउडमा क्यान्सर हुने सेलेब्रिटीको लिस्टमा निर्माता निर्देशक राकेश रोशन पनि छन् । ‘बर्फी’ फिल्मका निर्देशक अनुराग बसु पनि कुनै बेला क्यान्सर पीडित थिए । सन् २००४ मा ‘तुम सा नहीं देखा’ बनाउने क्रममा अनुरागलाई ल्युकिमिया क्यान्सर भएको थाहा भयो । त्यसपछि उक्त फिल्मलाई महेश भट्ट र मोहित सूरीले पूरा गरे भने अनुरागले निरन्तर तीन वर्ष उपचारमा बिताए ।

क्यान्सर मुक्त भएपछि उनलाई अमेरिकन क्यान्सर सोसाइटीले क्यान्सर सर्भाइवरको अवार्ड समेत दियो । त्यसैगरी क्रिकेटर युवराज सिंह, अभिनेत्री लिजा रे पनि क्यान्सरलाई जितेर पुरानै लयमा फर्केका सेलेब्रिटीमा पर्छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!