गुरुङ कथानक फिल्म मि न्होर्बे ट छायांकन यात्रा

SHARE:

काठमाडौं । लमजुङको क्व्होलासोंथर गाउँपालिका ९, गिलुङ, टक्सार र भेडीगोठमा गुरुङ कथानक फिल्म मि न्होर्बे ट अर्थात आँखाभित्रको फूल छायांकन गरिएको छ ।

गिलुङ क्षेत्रमा फिल्म छायांकन गरिएको यो पहिलो भएको स्थानीयले बताएका छन् । भेडीगोठालाको प्रेम कहानीलाई समेटेर गुरुङ संस्कृति घाँटुलाई हस्तान्तरण गर्दै लगिनुपर्नेमा उक्त फिल्मले जोड दिएको छ ।

सानैदेखि संगै खेलेको र हुर्केको साथी र एकअर्कामा माया गरेपनि व्यक्त गर्न नसक्दा आएको समस्यालाई फिल्ममा उतार्न खोजिएको छ । फिल्ममा मिस चितवन १०१७ का विजेता सुमन गुरुङ, लमजुङका खेमराज घलेसंगै सुमित गुरुङ, एलिजा गुरुङ, पवित्र गुरुङ साथै चन्द्रप्रसाद गुरुङ, विवेक गुरुङ, अमीर गुरुङ (बन्दीपुरे ठागु), धर्मदेव घले, आशिष गुरुङ, दुर्गा गुरुङ लगायतलाई देख्न सकिन्छ । सुमनको यो पहिले डेब्यु फिल्म हो ।

फिल्मका निर्देशक माओत्सेतुङ गुरुङका अनुसार फिल्मको सवै छायांकन गिलुङ क्षेत्रमा भएको छ । ३५ लाख रुपैयाँमा निर्माण हुने उक्त फिल्म छायांकन सकिएपछि पोष्ट प्रोडक्सन म्याक्स फोर डी पोखरामा हुनेछ । नया“ बर्षको अवसरमा फिल्म प्रदर्शन गरिने भएको छ । फिल्ममा बुद्धकुमार गुरुङ, राजकुमार गुरुङ र अमीर गुरुङ निर्माता छन् ।

पाईला फिल्मस प्रालि पोखराको व्यानमा निर्माण हुने मि न्होर्बे ट फिल्म माओत्सेतुङको तेस्रो निर्देशित फिल्म हो । उनले यसअघि पाईलाको व्यानरमा तमुस्यो (गुरुङसेनी) र टुकीको लेखन निर्देशन गरिसकेका छन् ।

फिल्म मुई (पैसा) को पनि लेखन निर्देशन उनैले गरेका हुन् । फिल्मको अन्तिममा पूर्वप्राज्ञ इन्द्रबहादुर गुरुङ, काशीपिरी गुरुङ, राजकुमार गुरुङ, दीपु गल गुरुङ, उच्र्यों गुरुङलगायतले साथ दिएका छन् । फिल्मको छायांकन खीमबहादुर गुरुङले गरेका छन् ।

फिल्ममा पत्रकार महासंघ लमजुङका अध्यक्ष आश गुरुङ साथै रोशन गुरुङ र अमीर गुरुङले गीत लेखेका छन् । तेजेन्द्र गुरुङ, धनबहादुर गुरुङ र दुर्गा गुरुङको संगीत छ ।

मनोज गुरुङ, पवित्रा गुरुङ, ज्योति गुरुङ, दुर्गा गुरुङ, रेशम गुरुङ, शर्मिला गुरुङ लगायतले स्वर दिएका छन् । लब्सन गुरुङले कोरियोग्राफी गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!