नेपाल पत्रकार महासंघ युके शाखाको निर्वाचन समितिको पहिलो बैठक सम्पन्न

SHARE:

चिमखोले काइँला

लन्डन । नेपाल पत्रकार महासंघ युके शाखाको निर्वाचन समितिको पहिलो बैठक गत शनिबार २१ अप्रिल २०१८ का दिन हिमालयन रेस्टुरेन्टमा सम्पन्न भयो । बैठकमा निर्वाचन समितिका संयोजक विजय थापाले निर्वाचनको कार्यतालिका प्रस्तुत् गरेका थिए । बैठकमा उपस्थित नेपाल पत्रकार महासंघ युके शाखाका अध्यक्ष नरेश खपांगी, निर्वाचन समितिका संयोजक विजय थापालगायत सम्पूर्ण निर्वाचन समितिका सदस्यहरुले सो निर्वाचन तालिकालाई व्यापाक छलफल गरी अन्तिम रुप दिएका छन् ।

 

निर्वाचन कार्यतालिकामा मतदाता नामावली प्रकाशन, मतदाता नामावलीमा दावी/बिरोध, अन्तिम मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, अन्तिम उम्मेदवारी नामावली प्रकाशन, उम्मेदवारीमा दावी/विरोध तथा उम्मेदवारी फिर्ता, अन्तिम नामावली सूची प्रकाशन, उम्मेदवारको शुल्क निर्धारण, मतदान कार्यक्रम तथा निर्वाचनको नतिजा घोषणालगायतको मिति, समयसीमा, निर्वाचन हुने स्थान तथा निर्वाचन कार्यालय कहाँ रहनेजस्ता विषयहरु समावेश छन् । निर्वाचन कार्यतालिकाको विवरण आधिकारिक रुपमा नेपाल पत्रकार महासंघ युकेको शाखाको वेभसाईटमा प्रकाशन हुने भएको छ भने बेलायतबाट प्रकाशित हुने साप्ताहिक पत्रिका एभरेष्ट टाइम्सलगायत विभिन्न वेभसाईडहरुमा पनि प्रकाशित गर्ने निर्णय भएको छ ।

बैठकमा अध्यक्ष नरेश खपांगीले निर्वाचन समितिका संयोजक तथा सदस्यहरुलाई निर्वाचन गराउँदा नेपाल पत्रकार महासंघ युकेको विधान, निर्वाचन नियमावली, सदस्यता वितरण नियमावली, नेपाल पत्रकार महासंघ केन्द्रको विधान, वैदेशिक शाखासम्बन्धी नियमावलीको दायराभित्र बसेर निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नका लागि अनुरोध गरे ।

बैठकमा संयोजक विजय थापाले निर्वाचन सफलतापूर्वक सञ्चालन तथा सम्पन्न गराउनका लागि पूर्वअध्यक्ष चिरन शर्मालाई मिडिया संयोजक, सोलिसिटर राजु थापालाई कानुनी सल्लाहकार, दुत पुन (चिम्खोले काइँला)लाई सचिव, विकल आचार्यलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!