रोशन मेवाहाङ्ग
लन्डन । मिस नेपाल श्रृंखला खतिवडा पेरिस पुगेकी छन् ।
नेपाल र फ्रान्सको कूटनीतिक सम्बन्ध रहेको ७० औं वार्षिकोत्सव मनाउन मिस नेपाल श्रृंखला फ्रान्सको पेरिस पुगेकी हुन् । नेपालको हालसम्म १६३ देशसँग द्विपक्षीय सम्बन्ध रहेपनि सबैभन्दा उत्कृट स्थानमा बेलायतलाई मानिन्छ ।
पेरिस भ्रमणका क्रममा मिस नेपाल खतिवडालाई च्याम्पियन्स लिगको राउण्ड १६ अन्तर्गत म्यानचेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मन (पिएसजी) को खेल हेर्ने अवसर मिलेको छ । नेपालका विभिन्न ठाँउमा मुख्यतः शिक्षा र स्वास्थ्य उपचारका लागि फ्रान्सका ८० भन्दा धेरै एनजिओले निरन्तर नेपालीलाई सहयोग गरिरहेका छन् । हरेक वर्ष नेपाल फ्रान्स द्विपक्षीय सम्बन्ध कायम राख्न उपस्थित श्रृंखलाले गत विश्वकप विजेता फ्रान्सका होनाहार खेलाडी तथा म्यानचेस्टर युनाइटेडका आक्रमणकारी मिडफिÞल्डर पोग्बा र सो क्लबका पूर्वचर्चित मेनेजर सर एलेक्स फÞर्गुसनसँग तस्बिर कैद गर्दै आफ्नो सामाजिक सञ्जाल इन्स्ट्राग्राममा सार्वजनिकसमेत गरेकी छन् ।
यो वर्षको युरोपियन च्याम्पियन लिगको फाइनल खेल जुन १ तारिख स्पेनको मैड्रिड रंगशालामा हुने तालिका सार्वजिक भइसकेको छ ।






