काठमाडौँ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भएको निकै लामो समयपछि मात्र जिल्ला नेतृत्वको टुङ्गो लागेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले ७७ वटै जिल्ला कमिटीमा अध्यक्ष र सचिवको जिम्मेवारी बाँडफाँट गरेको हो । बैठकले एकता प्रक्रियामा विलम्ब भए पनि सर्वसम्मतिका साथ पदाधिकारीसहित जिल्ला कमिटी गठन गर्ने निर्णय गरेको थियो ।
पार्टी स्थापना दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा जिल्ला नेतृत्वको नामावली सार्वजनिक गरिएको हो । बैठकले एकीकरण प्रक्रियामा सबै पक्षको भावना समेट्ने उद्देश्यले जिल्ला तहमा एकीकरणका मापदण्डसमेत बनाएको थियो । जनप्रतिनिधिको जिम्मेवारीमा रहेका व्यक्ति पनि पार्टी जिल्ला कमिटीको अध्यक्ष तथा सचिवको जिम्मेवारी रहन सक्ने, साविक एमाले र माओवादी केन्द्रका जिल्ला कमिटीका प्रमुख सम्बन्धित जिल्ला कमिटीमा अध्यक्ष वा सचिवको जिम्मेवारीमा रहन सक्ने गरी मापदण्ड तय गरिएको थियो । जिल्ला कमिटीमा विगतमा कार्यदलले सिफारिश गरे बमोजिमको सदस्य संख्या रहने निर्णयसमेत गरेको छ । जिल्ला कमिटीमा साविक जिल्ला, कमिटीका सदस्य रहने, कमिटीमा सदस्य संख््या थप्न मिल्ने अवस्था भएमा सम्बन्धित प्रदेश कमिटीले वरिष्ठ र सक्षम सदस्यमध्येबाट थप्ने मापदण्ड निर्माण गरेको छ । साविक जिल्ला कमिटीको सदस्य संख्या बढी भएमा सम्बन्धित प्रदेश कमिटीले साविक जिल्ला कमिटीका वरिष्ठ र सक्षम सदस्यलाई जिल्ला कमिटीमा सङ्गठित गर्ने निर्णयसमेत गरेको छ ।
प्रदेश नं १ को ताप्लेजुङ जिल्ला कमिटीको अध्यक्षमा विजय बनेम र सचिवमा बलबहादुर साम्सोहाङ, पाँचथर अध्यक्षमा राजकुमार भण्डारी र सचिवमा होमप्रसाद जवेगु, इलाम अध्यक्षमा राम राना र सचिवमा सोममाया राई, झापा अध्यक्षमा चिन्तन पाठक र सचिवमा मणिकुमार साङपाङ, मोरङ अध्यक्षमा विनोद ढकाल र सचिवमा गोपीबहादुर अछामी, सुनसरी अध्यक्षमा योगेन्द्रद्रमण्डल र सचिवमा रमेश बस्नेत तथा धनकुटा अध्यक्षमा राजेन्द्रद्रराई र सचिवमा ऋषिराम ढुङ्गाना रहेको छ ।
यस्तै तेह्रथुम अध्यक्षमा लक्ष्मण तिवारी र सचिवमा इन्द्रबहादुर इमसुङ, संखुवासभा अध्यक्षमा हेमराज अधिकारी र कृष्ण याख्या, भोजपुर अध्यक्षमा प्रेमकुमार राई र सचिवमा विमल खड्का, खोटाङ अध्यक्षमा देवान चामलिङ र सचिवमा बबि चामलिङ, सोलुखुम्बु अध्यक्षमा मानवीर राई र सचिवमा गोम्बु शेर्पा, ओखलढुङ्गा अध्यक्षमा मोहनबहादुर खड्का र सचिवमा मोहन श्रेष्ठ तथा उदयपुर अध्यक्षमा विनोद कटुवाल र सचिवमा ईश्वरमणि राउत रहेको छ ।
त्यसैगरी प्रदेश नं २ को सप्तरी अध्यक्षमा अशोक मण्डल र सचिवमा गोविन्द न्यौपाने, सिरहा अध्यक्षमा रामकुमार यादव र सचिवमा प्रमोदनारायण यादव, धनुषा अध्यक्षमा राजकिशोर यादव र सचिवमा श्रवण यादव, महोत्तरी अध्यक्षमा राजु खड्का र सचिवमा सौकिलाल यादव, सर्लाही अध्यक्षमा रेवती पन्त र सचिवमा डाचाराज वाग्ले, रौतहट अध्यक्षमा कमल यादव र सचिवमा युवराज भट्टराई, बारा अध्यक्षमा छत्रबहादुर श्रेष्ठ र सचिवमा सुन्दर विश्वकर्मा तथा पर्सा जिल्ला कमिटीको अध्यक्षमा प्रभू हजारा र सचिवमा विजय महतो छन् ।
प्रदेश नं ३ अन्तर्गत चितवन जिल्ला कमिटी अध्यक्षमा यमबहादुर परियार र सचिवमा कृष्णभक्त पोखरेल, मकवानपुर अध्यक्षमा मुनु सिग्देल र सचिवमा प्रेम पुलामी, धादिङ अध्यक्षमा भूमि त्रिपाठी र सचिवमा शालिकराज जम्कट्टेल, नुवाकोट अध्यक्षमा हीरानाथ खतिवडा र सचिवमा नारायण खतिवडा तथा रसुवा जिल्ला कमिटीको अध्यक्षमा कन्र्याल तामाङ र सचिवमा इन्द्र गोतामेले जिम्मेवारी पाएको छ ।
त्यस्तै सिन्धुपाल्चोक जिल्ला कमिटी अध्यक्षमा झम्क नेपाल र सचिवमा दावा तामाङ, दोलखा अध्यक्षमा ईश्वरचन्द्रद्रपोखरेल र सचिवमा गोपाल पाण्डे, रामेछाप अध्यक्षमा मदनकुमार तामाङ र सचिवमा शान्तिप्रसाद पौडेल, सिन्धुली अध्यक्षमा राजन दाहाल र सचिवमा प्रदीप कटुवाल, काभ्रेपलाञ्चोक अध्यक्षमा रुकु चौलागाईं र सचिवमा टोकबहादुर वाइबा, भक्तपुर अध्यक्षमा वचनबहादुर देउवा र सचिवमा डिपी ढकाल, ललितपुर अध्यक्षमा हरिकृष्ण ब्यञ्जनकार र सचिवमा राजकाजी महर्जन तथा काठमाडौँ अध्यक्षमा कृष्ण राई र सचिवमा हिमाल शर्मा तोकिएको छ ।
गण्डकी प्रदेशको कास्की जिल्ला कमिटीका अध्यक्षमा कृष्ण थापा र सचिवमा बखानसिंह तमु, तनहुँ अध्यक्षमा केदार सिग्देल र सचिवमा राजेन्द्रकिशरी न्यौपाने, लमजुङ मधु अधिकारी र धनञ्जय दवाडी, गोरखा अध्यक्षमा लेखबहादुर थापा र सचिवमा प्रेम गुरुङ, म्याग्दी गोविन्द पौडेल र सचिवमा हरिकृष्ण श्रेष्ठ, मुस्ताङ अध्यक्षमा चन्द्रमोहन गौचन र सचिवमा सत्यनारायण शेरचन, मनाङ अध्यक्षमा पाल्तेन छोयान गुरुङ र सचिवमा बेदबहादुर गुरुङ, बाग्लुङ अध्यक्षमा इन्द्रलाल सापकोटा र सचिवमा ज्ञामनाथ गैरे, पर्वत अध्यक्षमा पदम गिरी र सचिवमा सुदीप कुँवर, स्याङ्जा अध्यक्षमा सूर्यप्रसाद गैरे र सचिवमा मीनबहादुर गुरुङ तथा नवलपरासी (पूर्व)को अध्यक्षमा रोशन गाहा र सचिवमा मित्रशरण शर्मा छन् ।
प्रदेश नं ५ अन्तर्गतका रोल्पा जिल्ला कमिटीको अध्यक्षमा सुरेन्द्र घर्ती र सचिवमा हरिप्रसाद घर्ती, रुकुम (पूर्व) अध्यक्षमा मेघबहादुर श्रेष्ठ र सचिवमा सतमान पुन, प्यूठान अध्यक्षमा तुलसीराम शर्मा र सचिवमा नारायण अधिकारी, अर्घाखाँची अध्यक्षमा चेतनाराण आचार्य र सचिवमा ठाकुर विश्वकर्मा, गुल्मी अध्यक्षमा मधुकृष्ण पन्त र सचिवमा वीरबहादुर कार्की, पाल्पा अध्यक्षमा नारायण आचार्य र सचिवमा गिरबहादुर थापा, नवलपरासी (पश्चिम) अध्यक्षमा भविश्वर तिवारी र तुलसी पासी, रुपन्देही अध्यक्षमा शिवराज सुवेदी र सचिवमा दधिराम न्यौपाने, कपिलवस्तु अध्यक्षमा झविलाल पोख्रेल र सचिवमा रामचन्द्रद्रशाह, दाङ अध्यक्षमा टीकाराम खड्का र सचिवमा तुलसीराम पुन, बाँके अध्यक्षमा आइपी खरेल र सचिवमा अशोक कोइराला तथा बर्दिया जिल्ला कमिटी अध्यक्षमा भवनकुमार थारु र सचिवमा हरि ज्ञवाली रहेको छ ।
कर्णाली प्रदेशको सुर्खेत जिल्ला कमिटी अध्यक्षमा ध्रव शाही र सचिवमा कृष्णबहादुर जिसी, दैलेख अध्यक्षमा रवीन्द्रद्रशर्मा र सचिवमा प्रेम कटुवाल, जाजरकोट अध्यक्षमा ढकवीर राना र सचिवका करवीर शाही, रुकुम (पश्चिम) अध्यक्षमा गोपाल शर्मा र सचिवमा विलम पुन, सल्यान अध्यक्षमा गोविन्द पुन र सचिवमा कर्णबहादुर बुढा, जुम्ला अध्यक्षमा वीरबहादुर कुँवर र सचिवमा तीर्थबहादुर बुढा, कालीकोट अध्यक्षमा धनजीत शाही र सचिवमा नागिन्द्रद्रशाही, हुम्ला अध्यक्षमा लालकेश जैसी र सचिवमा दल रावल, डोल्पा अध्यक्षमा दत्तबहादुर रोकाया र सचिवमा मालबहादुर रोकाया तथा मुगु जिल्ला कमिटीको अध्यक्षमा सुरवीर बुढा र सचिवमा धर्मबहादुर शाही छन् ।
सुदूरपश्चिम प्रदेशअन्तर्गतको दार्चुला जिल्ला कमिटीको अध्यक्षमा गणेशसिंह खत्री र सचिवमा रामदत्त जोशी, बैतडी अध्यक्षमा सुरेन्द्रद्रपाल र सचिवमा प्रेम भट्ट, डडेल्धुरा अध्यक्षमा मानसिंह माल र सचिवमा तारा जोशी, बाजुरा अध्यक्षमा कालुबहादुर शाही र सचिवमा भरतबहादुर बुढा, बझाङ अध्यक्षमा मीनबहादुर कुँवर र सचिवमा दीलबहादुर सिंह, अछाम अध्यक्षमा शेरबहादुर कुँवार र सचिवमा झपट साउँद, डोटी अध्यक्षमा चक्रबहादुर मल्ल र सचिवमा शैलेन्द्र विश्वकर्मा, कैलाली अध्यक्षमा रतन थापा र सचिवमा लालबहादुर सोडारी तथा कञ्चनपुर जिल्ला कमिटी अध्यक्षमा वीरबहादुर थापा र सचिवमा तारा लामाले जिम्मेवारी प्राप्त गरेको छ ।
अध्यक्षद्वयको उद्घोष– जनताको अधिकार र समृद्विको चाहना सम्बोधन गर्छांै
नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७० वर्ष पूरा भएको उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विशेष कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । यहाँ आयोजित विशेष समारोहमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्तरुपमा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली जनताको अधिकार र समृद्धिप्रतिको चाहनालाई सम्बोधन गर्दै अगाडि बढ्ने उद्घोष गरे ।
सामाजिक न्याय, जनतन्त्र र जनअधिकार, राष्ट्रियताको जगेर्ना र सार्वभौमसत्ताको रक्षाका लागि स्थापना भएको कम्युनिस्ट पार्टीले विगतमा उठाउँदै आएका जनअधिकारलाई संस्थागत गर्ने स्थानमा आइपुगेको अध्यक्षद्वयले उल्लेख गरे । लामो समयपछि राजनीतिक स्थिरतासहितको करिब दुई तिहाइ बहूमतको सरकार गठन भएको छ । यस सन्दर्भमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले भवितव्यका आधारमा दुई ठूला कम्युनिस्ट पार्टीको एकता नभएको स्पष्ट पार्दै नेपाली जनताको चाहना र इच्छालाई एकीकृत गर्दै विगतमा देखेको सपना पूरा गर्न लागिपरेको बताए ।
उनले नेपाली जनताले विगतदेखि उठाउँदै आएको न्याय, समानता, सामाजिक सद्भाव र न्याय, सांस्कृतिक, आर्थिक र राजनीतिक अधिकारलाई संस्थागत गर्न सफल भएको बताए । उनले वस्तुगत यथार्थ तथा आवश्यकतालाई ख्याल गरेर तत्कालीन नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई नेकपा बनेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले स्थापनाकालदेखि नै पार्टीले आर्थिक उन्नतिका विषय अङ्गीकार गरेपनि विभिन्न स्वार्थका कारण विभाजन र टुट्फुट हुँदै आएको बताए ।
टुट्फुटको शृङ्खलाबाट अगाडि बढेको कम्युनिस्ट आन्दोलनलाई एकीकृत र शक्तिशाली बनाउन गरिएको प्रयास सार्थक र सफल भएको उनको भनाइ थियो । उनले पार्टीले जनताको जनवादलाई अङ्गीकार गरेको स्पष्ट पार्दै भने, ‘यो राजनीतिक अधिकारसँगमात्रै सीमित छैन, यो पूर्ण लोकतन्त्र हो । यो पूर्णरुपमा जनतालाई अधिकार सम्पन्न बनाउने विषय हो ।’”
सोही कार्यक्रममा नेकपाका अर्का अध्यक्ष दाहालले एकता प्रक्रियामा जिल्ला तहको नेतृत्व टुङ्ग्याउनु फलामे ढोका फोरेसरह भएको भन्दै बाँकी रहेको कामसमेत केही समयभित्रै टुङ्गो लगाइने बताए ।
सबैभन्दा जटिल बनेको जिल्ला तहको नेतृत्व चयन गर्ने क्रममा धेरै मेहनत गर्नुपरेको उल्लेख गर्दै अध्यक्ष दाहालले एकता प्रक्रियामा ढिलाइ भएको स्वीकारे । उनले भने, ‘एकता प्रक्रियाले पूर्णता पाएको छ । शुभचिन्तकको दबाबले पनि यस प्रक्रियालाई सहयोग पु¥याएको थियो ।’”
उनले नेकपाले समाजवादको रणनीतिमा अघि बढ्ने योजना हामीले अघि सारेको र त्यो आफैँमा युगान्तकारी प्रयोग भएको स्पष्ट पार्नुभयो । विगतको बनिबनाउ विचार र सिद्धान्तले मात्र सामाजिक रुपान्तरण सम्भव नभएको र जरुरी पर्दा मात्रावाट गुणमा फड्को मार्ने आँट नगर्नेले क्रान्ति र परिवर्तनको नेतृत्व गर्न नसक्ने उल्लेख गरे ।
एकताको सङ्कल्प गरेपछि पनि एकता टिक्दैन भन्दै विभिन्न आशङ्का पैदा गर्ने काम भएको भन्दै अध्यक्ष दाहालले एकता रोक्न आन्तरिक र बाह्य रुपमा पनि अनगिन्ती प्रयास भएको स्मरण गरे । उनले भने, ‘हामीले जनतामा गरेको प्रतिबद्धताअनुसार एकता घोषणा गरेरै छाड्यौँ । हामीले भने अनुसारको गतिमा एकता नटुङ्गिदा फेरि प्रश्न उठे । त्यसलाई पनि हामीले सम्बोधन गरेका छौँ ।’”
वैचारिक, राजनीतिक र साङ्गठनिकरुपमा पार्टीलाई आक्रामक बनाउने प्रयास गरेकामा जोड दिँदै अध्यक्ष दाहालले भने, “हामीले चलाएको वैचारिक सङ्घर्ष र बहसले देशभित्र र बाहिर पनि पार्टी एक आक्रामक मोर्चाका रुपमा रहेको छ । संसारका न्यायप्रेमी र कम्युनिष्टले चासो र गहिरो अध्ययन गरिरहेको अवस्था छ ।”
देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिले नेपालको कम्युनिष्ट आन्दोलन एकता र आक्रामक मोर्चालाई कमजोर पार्ने षड्यन्त्रका तानाबाना बुन्ने प्रयास गरेकोसमेत उनको भनाइ थियो ।






