लुङखिम राई पुस्तक सार्वजनिक

SHARE:

फिक्कल । देशको पूर्वी सीमाना इलाममा रहेका अल्पसंख्यक किराती लुङखिम राई जातिको परिचयसहितको ‘किराती लुङखिम राई जाति स् जन्मदेखि मृत्युपर्यन्तसम्मको मुद्दुम संस्कार’ पुस्तक सार्वजनिक भएको छ ।

सूर्योदय नगरपालिकाका प्रमुख रणबहादु राईले किराती जातिको महान् चाड उभौली साकेलाको अवसरमा ९२०७५ वैशाख १७ गते सोमबार० उक्त पुस्तक विमोचन गर्नु भएको हो । लुङखिम राई समाज, नेपाल संस्थाले यो पुस्तक प्रकाशित गरेको हो ।

इलामको सूर्योदय नगरपालिका–११ केराबारीस्थित साकेला थानमा आयोजित समारोहमा समाजका अध्यक्ष जंगबहादुर राई, आदिवासी जनजाति महासंघ नगरसमन्वय समितिका अध्यक्ष सोनम ह्योल्मो, किरात राई यायोक्खाका पूर्वअध्यक्ष बीरबहादुर राई, सुच्चा कल्याणकारी समाजका सदस्य कमलबहादुर राईलगायतले विमोचित पुस्तक र किराती जातिबारेमा बोलेका थिए ।

राष्ट्रिय जनगणना २०६८ को तथ्यांकले लिङखिम भाषा बोल्नेको संख्या १ सय २९ जना र साम भाषा बोल्नेको संख्या ४ सय १ जना देखाएको छ । यी दुवै एउटै भाषा भएको जनाइएको छ । लुङखिम राईहरूको जातीय जनसंख्या १० हजार जति हुनसक्ने समाजको दावी छ ।

‘लुङखिम राईहरू आफूलाई साम राई र सामा भाषी नामबाट समेत चिनाउने र बोलाउने गरेका छन् । साम भन्नाले मूलघर वा लुङखुम अर्थात् ढुंगाबाट तयार भएको मूल घर भएका राई नै साम राई हो । आफूलाई लिङखिम राई भनेर चिनाउने गर्दछन् । ‘लुङ’ भन्नाले ‘ढुंगा’ र ‘खिम’ ९खुम० भन्नाले ‘घर’ भन्ने अर्थ लाग्दछ । पुर्खाहरू ढुंगाले बनाएको घर अर्थात् ओडारमा बस्ने भएकाले तिनका सन्तानलाई ‘लुङखिम’ राई भनिन पुगेको हो । पछि त्यही अर्थलाई अपभ्रंश भई ‘लिङखिम’ हुन गएको हो । लुङखिम मातृभाषा लोपोन्मुख छ भने मुन्धुम संस्कृति अहिलेसम्म जीवित छ ।’ पुस्तकमा उल्लेख छ ।
समाजका अध्यक्ष जंगबहादुर राईको अगुवाईमा लेखिएको पुस्तकको सम्पादन गणेश वाम्बुले राई र डा। सन्तमान राईले गर्नु भएको हो । जम्मा १७६ पृष्ठको पुस्तकभित्रका सामग्रीलाई नौ खण्डमा प्रस्तुत गरिएका छन् ।

लुङखिम राईको परिचय, उत्पत्ति कथा, पाछा, समे र समाज विस्तार रहेको छ । बाह्र महिनामा गरिने प्रकृति र पितृ पूजा, किरात चाड उभौली र उधौली साकेला, किरातीको नयाँ वर्ष, नयाँ घर, नयाँ चुला, जन्म संस्कार, पास्नी, छेवार र गुन्यु चोली, विवाह संस्कार, मृत्यु संस्कारको मुन्धुमविधिको चर्चा छ ।
लुङखिम भाषाको वर्ण पहिचान र लुङखिम राईको घरसंख्या विवरण, समाजका जेष्ठ सदस्य मुन्धुमी नन्दलाल राईको संक्षिप्त परिचय तथा योगदानबारे चर्चा छ भने अन्तिम खण्डमा लुङखिम राईको संस्कृतिजन्य तस्बिर समेटिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!