लमजुङ । क्लाइमेक्स आर्टको प्रस्तुती रहेको गुरुङ भाषामा निर्माण भएको गुरुङ चलचित्र मारक्यु (सुनपानी) बैशाख 28 लमजुङ बेसिसहारमा पहिलो प्रदर्शन भएको छ । कोहोलासोंथर गाउँपालिका प्रमुख प्रेम घलेको प्रमुख अतिथिमा समुउदघाटन गरी भब्य प्रदर्शन गरिएको छ । लमजुङमा पहिलो प्रदर्शनी सुरुआत गर्दै लम्जुङ बेसिसहरमा २ शो भरिपूर्ण हलको रुपमा देखाउन सफल भएको छ । भुइँमा बसेर भने पनि दर्सकहरुले चलचित्र हेरेका थिए भने कतिपय दर्शकहरु हाउसफुल भएर हलको गेटबाट फर्केका थिए ।
यस चलचित्रको कथा लेखक गनेश गुरुङ (सुबास) को रहेका छन् भने दिनेश गुरुङको (डेब्यु) निर्देशन रहेको को छ । सहनिर्देशन खुसी गुरुङले गरेका छन् । उक्त चलचित्रमा मुख्य भूमिका कमल गुरुङ खुसी गुरुङ, रोश्नी गुरुङको रहेको छ भने संग्राम गुरुङ चिनु घले लगायत अन्य कलाकारहरुको अभिनय रहेको चलचित्रले लमजुङबासी सबैको मन जित्न सफल भएको निर्माण पक्षको दाबी छ |
सुरुवती गाउँसँगै झुल्किएको दृस्य हेर्दै जाद दर्शकलाई हसाउँदै अन्त्यत भाव विह्वाल हुने दृस्यसँगै रुवाउने चलचित्र बनेको छ चलचित्र हेरिसकेपछि निकै समयपश्चात चित्तबुझ्दो गुरुङ चलचित्र हेर्न पाएको लमजुङबासी दर्शकहरुको भनाइ रहेको छ । दिदीभाइको कथालाई समेटेर बनाएको शुद्ध गुरुङ भाषामा बनेको चलचित्र प्रेम कथासँगै पारिवारिक बिषाय बस्तुहरु समेट्दै गुरुङ संस्कारमा सुनपानी प्रयोग विषयलाई महत्व रहेको दर्साइएको छ ! नवराज घले, सुर्य घले, चन्द्र गुरुङ, नन्दबहादुर गुरुङ राकेश गुरुङ केश गुरुङ संग्राम गुरुङ कालु गुरुङ दबिराम गुरुङ चलचित्रको निर्माता हुन् ।






