बुढा अमिताभलाई फिल्मको लाईन

SHARE:

अमिताभ बच्चन फिल्म क्षेत्रमा प्रवेश गरेको ५० वर्षभन्दा धेरै भयो । ७६ वर्षका अमिताभसँग अहिले पनि ठूला प्रोजेक्ट छन् । अमिताभ बच्चनको अपकमिङ फिल्म ‘चेहरे’को फस्ट लुक्स केही समयअघि सार्वजनिक भएको छ । यसलाई खुब रुचाइएको छ । यो फिल्ममा इमरान हासमी पनि छन् । फिल्म सस्पेन्स थ्रिलर हो । ‘ब्रह्मास्त्र’ फिल्म पनि अमिताभ बच्चनको साथमा छ । फिल्ममा उनका साथै रणवीर कपुर र आलिया भट्ट छन् ।

उनको साथमा अर्को फिल्म ‘झुंड’ पनि छ । फिल्ममा अमिताभ फुटबल कोचको भूमिकामा छन् । फिल्मको सुटिङ लगभग सकिएको छ । अमिताभ चाँडै नै तेलगू फिल्ममा पनि डेब्यु गर्दै छन् । उनी ‘से रा नारासिम्हा’ फिल्ममा देखिनेछन् । तमिल फिल्म ‘कंचना’को हिन्दी रिमेक पनि हुँदैछ । जसमा अमिताभ र अक्षय कुमार १३ वर्षपछि सँगै देखिँदै छन् । तर, अहिलेसम्म यसको आधिकारिक घोषणा भने भएको छैन । अमिताभको फिल्म ‘आँखे’ २००२ मा रिलिज भएको थियो । यसको सिक्वेलमा पनि अमिताभको चर्चा छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!