अल्डरसटमा यूके सूइटर प्रदर्शन हुँदै

SHARE:

मिलन तमु
अल्डरसट । गुरुङ चलचित्र ‘यूके सूईटर’ अल्डरसटको एम्पायर हलमा प्रदर्शन हुने भएको छ । तमु प्ये ल्हु संघ युके कम्युनिटी हल र कोईबो परियोजना सहयोगार्थ आउँदो शनिबार १ जुनका दिन दिउँसो ४ बजे प्रदर्शन गर्न लागिएको हो ।
लाहुरेको, गाउँवेसीको र गुरुङहरुको कला र संस्कृतिमा आधारित चलचित्र गुरुङ भाषा र नेपाली भाषामा रहेको छ ।

उक्त चलचित्रमा रोशन गुरुङ, रिया गुरुङ, डिबी गुरुङ बिपिना गुरुङ, टिकाराम घले, सिता गुरुङ, कमला देवी गुरुङ लगायतका कलाकारहरुको जोडदार अभिनय रहेको छ । उक्त चलचित्र मेजर एल.बी. गुरुङ एमभिओ, एमबिए, गौ बहादुर गुरुङ, धनमाया गुरुङ, भिमकला गुरुङ र रनमाया गुरुङले निर्माण गरेका छन् भने गंगा बहादुर गुरुङले भने निर्देशन गरेका छन् । सो चलचित्रको टिकटका लागि खेम सर्बुजा, सोम त्होर्जे, भेग चाक्ली र दिलिप तेलेजेनलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!