गायिका भूमिका लन्डनमा

SHARE:

एटा संवाददाता
लन्डन । नेपालकी चर्चित लोक तथा दोहोरी गायिका भूमिका गिरीले बेलायतको विभिन्न सहरमा आप्mनो प्रस्तुति दिने भएकी छन् । उनी पर्वत वेलफेयर सोसाईटी बेलायतको निमन्त्रणामा गत मंगलबार २३ मे का दिन बेलायत आएकी हुन् । अत्यन्त मिठो स्वरकी धनी गिरी पर्वत वेलफेयर सोसाईटीको गत ६ मे का दिन सम्पन्न नयाँ वर्ष कार्यक्रमका लागि आउन लागेकी थिइन् ।

तर, उनको भिसा ढिलो प्राप्त भएकोले सो कार्यक्रममा उनी सहभागी हुन सकिनन् । उनले तिउन मिठो बनायो चुकैले, हङकङको चुरोट गोरखपुरको सलाई, पञ्चेबाजा लगायत करिब ४ दर्जन गीत गाइसकेकी छन् ।
स्टेज क्वीनको रुपमा समेत परिचित गिरीले बेलायत लगायत करिब १६ वटा देशमा बसोबास गर्ने नेपालीहरुबीच आप्mनो सांगीतिक कोसेली पस्कीसकेकी छन् ।

बेलायतमा पनि आयोजकको अनुरोधमा विभिन्न सहरहरुमा आप्mनो प्रस्तुति दिने उनले बताइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!