काठमाडौं । लोकदोहोरी गायक प्रभावन जे र गायिका गीतादेवीको सुमधुर स्वरमा नयाँ लोकदोहोरी गीत “सपनी” दर्शक तथा स्रोता माझ आएकोे छ । गीतको शब्द, संगीत, स्वर, तथा भिडियो निर्देशन प्रभावन जेको रहेको छ भने नविन भट्टले सहायक निर्देशन र सम्पादन गरेका छन् ।
प्रज्ञा साउण्ड एच.डि मा रेर्कड गरिएको गीतको ध्वनी सम्पादन शम्भु तण्डुकारले गरेका हुन् । म्युजिक भिडियोमा राजाराम गौतम, सानु पाण्डे, भुवनप्रकाश बडु र दिव्यम पौड्यालको अभिनय छ । दृश्य छायाँकनमा ड्रोन रोनिश तामाङले चलाएका छन् भने क्यामरा सागर गौतमको रहेको छ । म्युजिक भिडियोको उत्पादन व्यवस्थापक विवेक चौलागाई, सहायक दृश्य सम्पादन अरबिट पोखे्रल, मेकअप शर्मिला राईले गरेका छन् ।
काभ्रेपलाञ्चोक जिल्लाको पर्यटकीय नगरी धुलिखेल, बनेपा र रोशी गाउँपालिकामा म्युजिक भिडियोको छायाँकन गरिएको निर्माण पक्षले जनाएको छ । केही समयअघि मात्र सत्य घटनामा आधारित जालमा फसायौ भाग १ लेराएको डिएआर मुभिजले जालमा फसायौ भाग २ को काम सम्पादनको चरणमा रहेको र सो गीत अघि अरु केही गीतहरु पनि लेराउने जानकारी डि.ए.आर मुभिजले गराएको छ ।
‘सपनी’ गीतको म्युजिक भिडियो डिएआर मुभिजको अफिसियल युट्युब च्यानलबाट आमश्रोता तथा दर्शकमाझ ल्याइएको हो ।






