क्यामरुनको एक नाइट क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु
एजेन्सी १३ अप्रिल । अफ्रिकी मुलुक क्यामरुनको एक नाइट क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । क्यामरुनको बास्टोस जिल्लामा रहेको लिभ्स नामको नाइटक्लबमा गरिएको आतिशबाजीका कारण आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
