पैयुँ खोला मगर समाज युकेको वार्षिक भेटघाट कार्यक्रममा रुपी र सरिष्माको धमाकेदार प्रस्तुति

बेलायत। पैयुँ खोला मगर समाज युकेको वार्षिक भेटघाट कार्यक्रम विभिन्न विविध सांस्कृतिक कार्यक्रम तथा सम्मानका साथ भव्य रूपमा सम्पन्न भएको छ। शनिबार १८ जुलाई २०२६ को दिन बेलायतको वेलिङस्थित सेन्ट माइकल चर्च हलमा आयोजित उक्त कार्यक्रममा नेपालबाट आएका लोकप्रिय एवं चर्चित कलाकारद्वय रुपी सिङजाली मगर र सरिष्मा राम्जाली मगरले आफ्नो धमाकेदार सांगीतिक प्रस्तुति मार्फत उपस्थित […]

बीसीसी युकेद्वारा अल्डरसटमा छयोखोर दुघ्येन् भव्य रूपमा सम्पन्न

पूर्ण गुरुङ लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले अल्डरसटस्थित आफ्नै गुम्बामा गत शनिवार १८ जुलाईका दिन बौद्ध धर्मको महत्त्वपूर्ण पर्व छयोखोर दुघ्येन (धर्म चक्र प्रर्वत) विविध धार्मिक कार्यक्रमका साथ सम्पन्न गरेको छ । भगवान् बुद्धका चार प्रमुख कार्यमध्ये पहिलो धर्म देशना (धर्म चक्र प्रवर्तन) को स्मरणमा मनाइने यो पर्व बौद्ध धर्मावलम्बीका लागि विशेष महत्त्व […]

बेलायतबाट आचार्य परिवारद्वारा धाइरिङ भुमेठाकुर पदमार्ग निर्माणका लागि १ लाख ५१ हजार सहयोग

लन्डन । धाइरिङ भुमेठाकुर पदमार्ग निर्माण अभियानअन्तर्गत निर्माण हुन लागेको मुख्य प्रवेशद्वारका लागि बेलायतको लण्डनमा बसोबास गर्दै आएका आचार्य परिवारले १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । जलजला गाउँपालिका–७, धाइरिङ धारापानीका स्थायी बासिन्दा एनआरएनएका पूर्वअध्यक्ष कुलप्रसाद आचार्य–सीता आचार्य तथा दधि आचार्य–राधिका आचार्य, छोरा अस्मित आचार्य र छोरीहरू अस्मिता, सुसिता, सुमिता तथा कृतिका […]

वोकिङ नेपाली समाज सेवा यूकेमा नयाँ कार्यसमिति, अध्यक्षमा रामबहादुर देउसाली चयन

लन्डन । वोकिङ नेपाली समाज सेवा यूकेमा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार १८ जुलाईमा भएको समाजको आठौँ महाधिवेशनबाट रामबहादुर देउसालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको नामावली १. अध्यक्ष –रामबहादुर देउसाली २. उपाध्यक्ष – सुदेश गौचन ३. महासचिव –प्रभु गुरुङ ४. सचिव – गुरुङ ५. कोषाध्यक्ष – […]

पुन मगर आमा समूह नृत्य प्रतियोगितामा बनौं आमा समूह पर्वत पहिलो, चिम्खोले समाज पोखरा दोस्रो

पोखरा । नेपाल पुन मगर समाज केन्द्रीय समितिको भ्रातृ संगठन पुन मगर संस्कृति सञ्चार तथा प्रतिभा उजागर समितिले आयोजना गरेको ‘पुन मगर आमा समूह नृत्य प्रतियोगिता २०८३’मा बनौं आमा समूह पर्वत पहिलो, चिम्खोले समाज पोखराले दोस्रो स्थान हासिल गर्न सफल भएका छन् । पोखरास्थित गण्डकी प्रज्ञा प्रतिष्ठान हलमा शनिबार २ साउनमा आयोजित प्रतियोगितामा चिम्खोले आमा […]

ईलमपोखरी समाज यूकेको गृष्मकालीन भेटघाट अगस्ट १५ मा, प्रिया गुरुङ र मञ्जु बिकको विशेष प्रस्तुति रहने

लन्डन। ईलमपोखरी समाज यूकेले आफ्नो वार्षिक गृष्मकालीन भेटघाट कार्यक्रम-२०२६ आगामी १५ अगस्ट २०२६ (शनिबार) आयोजना गर्ने भएको छ। समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक परशु गुरुङका अनुसार कार्यक्रम अल्डरउड लिजर सेन्टर टोङ्हाम रोड अल्डरसटमा दिउँसो १ बजेदेखि राति ९:३० बजेसम्म सञ्चालन हुनेछ। हरेक वर्षझैँ यस वर्ष पनि आयोजना हुन लागेको कार्यक्रममा फुटबल, भलिबल, महिलाहरूका लागि म्युजिकल […]

error: Content is protected !!