तेस्रो वातावरण साहित्य गोष्ठी लन्डनमा हुने

SHARE:

लन्डन । तेस्रो वातावरण साहित्य गोष्ठी लन्डनमा हुने भएको छ ।

विश्व वातावरण दिवसलाई लक्षित गरेर आइतबार ३ जुनका दिन गर्न लागिएको हो । साहित्य गोष्ठीका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत तथा वरिष्ठ साहित्यकार दुर्गाबहादुर सुवेदी रहने आयोजकले जनाएको छ ।
त्यसैदिन इको कविताहरुको संगालो ‘स्वछन्द सुसेलीहरु’ पनि विमोचन गर्ने कार्यक्रम रहेको संयोजक विजय हितानले जानकारी दिए । सङ्ग्रहभित्र बेलायत र नेपालमा रहेका १०४ कविहरुका पर्यावरणीय कविता छन् ।
गत दुई वर्ष लन्डनमा आयोजना गरिएका वातावरण गोष्ठीमा बाचित कविताहरुका साथै २०१७ मा नेपालमा आयोजित अर्थआवर वातावरण कविता प्रतियोगितामा सहभागि कविताहरु समावेश गरेर सो पुस्तक प्रकाशन गरिएको छ ।
कार्यक्रमलाई विगतमाझैं बेलायतमा स्थापित बाह्र नेपाली साहित्य सङ्गठनहरुको सहयोग रहने संयोगक हिताले बताए ।

साहित्यमार्फत बिग्रँदो वातावरणलाई जोगाउन जनचेतना दिनु कार्यक्रमको प्रमुख उद्देश्य हो । प्रत्येक वर्ष वातावरण दिवसको एउटा नारा तय गरिन्छ । यसवर्षको नारा ‘सड्दैन सड्ने प्लास्टिक प्रदूषणसँग अब हामी लड्ने’ भनी विश्व वातावरण दिवस आयोजक राष्ट्र भारतले घोषणा गरेको छ । यस वर्षको साहित्य गोष्ठीमा भाग लिन आउने स्रष्टाहरुलाई सकेसम्म यसै नारामा आधारित आआफ्नो सिर्जना लिएर आइदिन आयोजकले आव्हान गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!