एक दशकभन्दा बढी समयदेखि बेलायतमा फुटबल विकासको क्षेत्रमा क्रियाशील सहारा एफसीले यही जुलाई २७ तारिखमा फरक टुर्नामन्ट गर्दैछ । ‘बालबालिका भविष्यका कर्णधार’ भनाइलाई चरितार्थ गराउने उद्देश्यले ६ देखि १४ वर्ष उमेर समूहका बच्चाहरुलाई लक्षित गरेर सहाराले ‘ओपन डे’ आयोजना गर्न लागेको हो । फार्नबोरोको कोप स्टेडियममा हुने प्रतिस्पर्धामा विभिन्न क्षेत्रबाट ३० भन्दा बढी बालबालिका सहभागी हुने अपेक्षा गरिएको छ ।
टुर्नामेन्टमा बालबालिकाका लागि मात्रै नभई अभिभावक वा सिनियरले पनि खेल्न पाउने व्यवस्था गरिएको सहारा एफसीले प्रस्ट पारेको छ । डेढ हप्तापछि हुन लागेको ओपन डेको उद्देश्य, आकर्षण र उपलब्धि बारेमा सहारा एफसीका अध्यक्ष कृष्ण गुरुङ र प्रतियोगिता संयोजक एवं सीईओ मनोज गुरुङसँग एभरेस्ट टाइम्सका लागि पूर्ण गुरुङले गरेको वार्तालाप ।

ओपन डे केका लागि आयोजना गर्दै हुनुहुन्छ ?
कृष्ण: सहाराले फुटबलको क्षेत्रमा अहिलेसम्म गरेका काम सर्वविदितै छ । सहारा एफसीले लिग पनि खेलायो भने विभिन्न प्रतियोगितामा सहभागी भइसक्यो । हामीले २० देखि ३० वर्ष उमेर समूहका युवाहरुलाई भेला गरेर खेलाइरहेका थियौं । त्यसमा हामीलाई निकै सारो पथ्र्यो, खेलाडीहरु भेला पार्न । खेलाडीहरु निकै टाढाबाट आउनु पर्ने अवस्था । कोही फोक्सटन, मेडिस्टन, लन्डन, प्लमस्टिडबाट एक÷दुई घण्टाको बाटोबाट ल्याउँदा हामीलाई खेलाडी भेला पार्न गाह्रो प¥यो । त्यसो भएपछि अब बरु हामी ग्रासरुटबाट जाउँ, फुटबलकै विकास गर्ने हो भने ।
जुन हामी नेपाली खेलाडीहरुलाई अंग्रेजी क्लबहरुमा भित्र्याउन सकिन्छ कि भन्ने हेतुले यस पटक पहिलो प्रयास गर्दै छौं । जसका लागि हाम्रो सिईओ भाइ (मनोज गुरुङ) पहिलेदेखि नै लागिरहनु भएको थियो । हामीलाई पनि चासो लागिरहेको थियो । ह्यामसायरमा लिग खेलायौं तर निरन्तरता दिन सकेनौं ।
बरु नयाँ पुस्तालाई चान्सेज दिएर अगाडि गयौं भने विस्तारै अंग्रेजी लेभलमा विस्तारी आउला भनेर ६ वर्षदेखि १४ वर्ष उमेर समूहका बच्चाहरुलाई जुलाई २७ शनिबारको दिन ह्यामसायरमा ओपन डे राख्ने (फुटबल खेलाउने) र त्यसमा एफएका योग्य कोच र रेफ्रीहरु ल्याउनेछौं । फुटबलको मुख्य संयोजन सिईयोले गर्नुभएको छ । सहारा यूकेका अध्यक्ष कुमार गुरुङज्यूले ओभरअल हेर्नुहुन्छ भने फुटबलसम्बन्धी मैले हेर्नेछु ।
ओपन डेमा के के हुन्छ ?
मनोज : ओपन डे राख्नुको हाम्रो लङट्रम टार्गेट भनेको बेलायतमा १०–२० वर्षमा नेपाली अनुहारका बच्चाहरुलाई टिभीमा देखाउने हो । सन् १९९५ मा जब म यूकेमा आएँ, पहिलादेखि नै फुटबलमा इन्ट्रेस्ट लाग्ने भएर टिभी त हेर्नै प¥यो । इन्डियन कम्युनिटी, पाकिस्तानी कम्युनिटीहरुले नेसनल लेभलको क्रिकेटमा निकालिसके । किनकि उनीहरु आएको त ५०–६० दशकदेखि आएका हुन् । हाम्रो नेपाली कम्युनिटीका सिनियर दाइहरु त अगाडि आउनुभयो होला तर मेजोरिटीमा २००५ देखि बेलायतमा आएका हौं । यो एक दशकको पिरियडमा इन्डिभिजुल्ली अभिभावकहरुले एकदमै दु:ख गर्नुभएको छ । अहिलेसम्म सहारा यूकेले फुटबलको विकासका लागि बिरुवामा पानी हालिरहेको छ ।
ओपन डे आयोजना गर्नुको कारण हामी एउटा चौतारीमात्रै नभएर एउटा घर बनिदिन हो । घरभित्र पसेपछि खाना, तातोचिसो सबै सुविधा पाइन्छ । त्यसकै लागि ओपन डे हो । यसअघि हामीले १८ वर्षदेखि माथिका सिनियर भाइ, भान्जाहरुलाई लिएर हिँड्यौं । नेपालमा पनि लग्यौं । बेलायतमा आपैंmले टुर्नामेन्ट गरायौं । तर, तलबाट आउनु प¥यो नि त । फोक्स्टनबाट आएर खेल्नुभयो, लन्डनबाट आएर खेल्नुभयो । तर, प्रत्येक वर्ष तलबाट रिक्र्युमेन्ट भएन । सिनियर दाइहरुले कति दु:ख गर्नुभयो । किनकि खेलाडीहरु यताबाट टिपेर ल्याउनु प¥यो, उताबाट टिपेर ल्याउनुप¥यो । विकेन्डमा गेम हुन्छ । १८ प्लसका भान्जाहरुले काम पनि गर्नुप¥यो । उहाँहरुले मिलाएर सहारा वा फुटबलका लागि खेल्नुभएको छ ।
एक वर्ष खेलपछि अर्कोमा पारिवारिक कारणले खेल्न नभ्याउने भएपछि हामीलाई खेलाडीको समस्या भकोभई भइरह्यो । हामीले फुटबल क्लबले जसरी कन्ट्रयाक्टमा खेलाडी किन्ने बेच्ने पनि गर्न सक्दैनौं । हामी त एउटा भाइचाराको हिसाबले गरिराखेका छौं । फुटबलमा एक÷दुईवटा उदाहरण बाहेक ९० प्रतिशत जति पनि व्यावसायिक खेलाडीहरु छन् अथवा सेमी प्रोफेसनल खेलाडीहरु छन्, उनीहरु १४ वर्षको उमेरभित्रै क्लबहरुमा गइसकेका हुन्छन् । तर, हामीले १८ वर्षभन्दा माथिका भाइ, भान्जाहरुलाई खेलाइरहेका छौं । यो होइन, कि उहाँहरुको जाने चान्स छैन । अफकोर्स उहाँहरुलाई चान्स छ । तर, यूकेको डायस्पोराको हिसाबमा १८ वर्ष भइसकेपछि त्यही पेसामा प्रोफेसनल्ली जान मुस्किल हुँदोरहेछ ।
ओपन डेमा ६ वर्षदेखि ८ वर्षसम्मका बच्चाहरुलाई एउटा क्याटेगोरीमा, ८ देखि १० वर्षकालाई, १० देखि १२, १२ देखि १४ वर्षका बच्चाहरुलाई प्यारेन्टस्ले ल्याउनुहुन्छ । उहाँहरुको रजिस्ट्रेसन हुन्छ । एफए क्वालिफाइड को छ भनेर हामीले खोजिसकेका छौं । उहाँहरुलाई मेन्ली स्किलपूmल टे«निङ, फुटबलकै बारेमा साढे १ घण्टाको तालिम । साथै अन्तमा १०, १५ मिनेट उहाँहरुको नाडी पनि छाम्नु पर्ने हुन्छ टुर्नामेन्ट म्याच खेलाएर । ओपन डेमा बच्चाहरुलाई फोकस त हो, प्रतिस्पर्धाका लागि बच्चाहरुलाई अभिभावकले ल्याउनु प¥यो । अभिभावकहरुलाई पनि केही त गर्न प¥यो, मनोरञ्जन । त्यसको साथसाथै पेटपूजा पनि गर्नुप¥यो । त्यही भएर दिनभरी बारबिबिक्यु गरिन्छ । हाम्रो उमेर माथि गइसके पनि फुटबलप्रेमी हामी पनि हौं । कार्यक्रममा सहाराका सदस्य, अभिभावक, शुभचिन्तक जति पनि आउनुहुन्छ । उहाँहरु फुटबल खेल्न म पनि मैदानमा उत्रन्छु भन्नु हुन्छ भने फ्रेन्ली म्याच खेल्ने मौका दिन्छौं ।
ओपन डेमा कति बच्चाहरु सहभागी हुने अपेक्षा गर्नुभएको छ ?
मनोज : विभिन्न माध्यमबाट २५ देखि ३० जनासम्म आउने मेरो अनुमान छ । अनि त्यो भन्दा धेरै पनि हुन सक्छ । त्यो भन्दा धेरै भयो भने कोचका लागि हामीले स्पेयरको व्यवस्था गरिसकेका छौं । ३० भन्दा धेरै आयो भने सुनमा सुगन्ध हुन्छ । बच्चाहरु कति जम्मा हुन्छ भन्नु भन्दा पनि कहाँ कहाँबाट आउँदैछ भन्ने मुख्य कुरा हो । अहिले इंग्ल्यान्डका टाढाटाढाबाट बच्चाहरु आउनेछन् । नामै लिनुपर्दा रेडिङ, फ्लिटबाट, फोक्स्टनबाट पनि आउन सक्छन् । उहाँहरु एकदिनका लागि आउँदै हुनुहुन्छ । उहाँहरुलाई हामीले वर्षमा हरेक शनिबार लिएर हिँड्नु परो । हामीले त म्यानेजमात्रै गरिदिने हो । तर, लिएर हिँड्ने भनेको अभिभावकले हो ।
हामीले लोकल्ली बच्चाहरु पनि खोजेका छौं । यो वर्ष एफएसँग पनि कुरा भइसक्यो । यो वर्षका लागि जुनको अन्त्यसम्मै रजिस्ट्रेसन गरिसक्नुपर्ने म्याद तोकेका थियौं । अहिले अफ सिजन छ । सेप्टेम्बरको पहिलो हप्तादेखि बच्चाहरुको लिग टुर्नामेन्ट सुरु हुन्छ ।
पहिले लिग खेलाउनु भयो तर निरन्तरता दिन सक्नुभएन, अब ओपन डेको अवस्था के हुन्छ ?
यो हाम्रो पहिलो प्रयास हो । विभिन्न कारणले हामीले जुनतिर गर्न सकेनौं । हामीले एकैचोटी ड्राइभ हान्न भएन । हामी पहिले व्यवस्थित रुपमा जाउँ । पहिले प्राक्टिकल्ली रुपमा हामी कति तयारी छौं भन्ने आफूले आप्mनै परीक्षणको रुपमा यसलाई लिएका छौं । बेलायतमा बसेपछि हामी नेपाली समुदायको आफ्नै बबलभित्रै मात्र बसेर भएन ।
ब्रिटिसहरुसँग पनि मिलेर जानुपर्यो । नेपाली समुदायलाई त हामीले हेर्ने नै हौं तर अरुलाई पनि ओपन्ली स्वागत गर्ने हो । केटा, केटी, नेपाली, बेलायती, पाकिस्तानी, भारतीय सबै समुदायलाई स्वागत गर्न हो । हामीले बच्चाहरुलाई म्यानेज गरिदिने हो । कोच प्रोभाइड गरिदिने । लोकल एफएसँग इन्ट्री गराउने । अनि विक्ली बेसिसमा तालिम गराउने, म्याच खेलाउने ।
तालिमकै विषयमा भन्दा मेरा दुई छोरा छन्, एक १३ र अर्को ९ वर्षका । दुइजनै स्थानीय क्लबमा खेल्छन् । यहाँ नेपाली समुदायका अभिभावकहरु फुटबलमा मात्रै नभई अन्य थुप्रै विधाहरुमा बच्चाहरु लिएर हिँड्नुहुन्छ । बच्चाका लागि हप्तामा शनिबार अथवा आइतबार एकदिन म्याच हुन्छ भने अर्को दिन तालिम हुन्छ । भनेपछि हप्तामा कम्तीमा दुई दिन कम्युनिटीमा दिनु पर्यो । कोचले पनि त्यही अनुसार दिनुपर्यो ।
मैले देखेको, यूकेमा च्याउसरी स्थानीय क्लबहरु छन्, ती क्लबहरुलाई अभिभावकले नै चलाउँदोरहेछ । उहाँहरु फुटबलको एक्सपटिज होइनन्, भोलेन्टेयरली । एक हप्ताको लेभल वानको कोर्स गर्नुहुन्छ थेउरिटीकल्ली । अनि प्राक्टिकल्ली एक हप्ता । अनि तपाईं एक्स्पेलेयर भएर, कोचको पनि तालिम लिएर बच्चालाई विक्ली बेसिसमा लिएर हिँड्नु र त्यही अनुसार डेभलभ गरेर लानु फरक छ ।
स्कुलकै कुरा गर्नु न, गुड टिचरले गुड स्टुडेन्ट निकाल्छ । त्यसमा मैले कमजोरी देखेको हुनाले नेपाली समुदायमा सबै साथमा साथ छ । आर्थिक, भौतिक, शारीरिक रुपमा हामीले सबै ठाउँमा गर्न सक्ने छौं । त्यही भएर यो क्षेत्रलाई अलिकति हामीले बल गरेर अगाडि बढ्ने हो भने राम्रा र ट्यालेन्टेड बच्चाहरुलाई राम्रो खालको मसला हाल्न सकेमा १०, १५ वर्षमा हाम्रा नेपाली बच्चाहरु पनि टिभी स्क्रिनमा देख्न पाइनेछ भन्ने सपना हो ।
कार्यक्रम आयोजना स्थलजस्ता विषयबारे पनि भनिदिनोस् न ?
कृष्ण : भेन्यू एड्रेस छ, कोप एफसी फार्नबोरो ।
लगभग कतिबेला सुरु हुन्छ ?
कृष्ण : एडमिनिस्ट्रेसन बिहानैदेखि हुन्छ । त्यो भन्दा अगाडि हामी रेकी गर्छौं । ११ देखि १२ बजेसम्म आउने जतिपनि बच्चाहरुलाई रजिस्ट्रेसन छ । कतिपयले थाहा पाइसक्नु भएको छ । टाढैबाट आउनुहुन्छ भने हामी स्वागत गर्न चाहन्छौं । हाम्रो पहिलो प्रयास हो । जतिपनि क्लबमा खेलीरहेका बच्चाहरु छन् । ६ देखि १४ वर्षका बच्चाहरुलाई यसपालाको टार्गेट हो । पछि पछि एक्स्टेन्सन गर्न सक्छौं । इच्छुक अभिभावक र बालबालिकाले हामीलाई फोन गर्न पनि सक्नुहुन्छ ।
पहिले कोच हुन्छ । भाइबहिनीहरुको नाडी छामीसकेपछि म्याच गराउँछौं । बच्चाहरुको १२ देखि २ बजेसम्म खेल हुनेछ । त्यसपछि ठूलो टिमको हुनेछ । दुई मैदान बच्चाहरुलाई छुट्ट्याइसकेका छौं ।
सहारा यूके नेपाली समुदायका फुटबलप्रेमीको पक्षमा र परोपकारी काम गर्दै आइरहेको संस्था हो । उपलब्धि कत्तिको पाउनुहुन्छ ?
कृष्ण : नेपालको सन्दर्भमा सहारा क्लब पोखरा पर्छ । त्यस्ता धेरै खेलाडी उत्पादन भइसकेका छन् ।
बेलायतमा त्यो सम्भावना छ कि छैन ?
मनोज : सहाराले २००८ देखि अफिसियल्ली काम थालेको हो । तर, त्यो भन्दा अगाडि पनि नगरेको होइन । नेपालको सहाराले प्रोफेसनल खेलाडी पनि जन्मायो । तर हामीले फुटबलमा प्रोफेसनल्ली खेलाडी निकाल्न सकेनौ. । किनकि हामी त एमेच्योर क्लब हो । तर, सहारासँगै पहिलैदेखि लागेको खेलाडीहरु नवल भान्जा फुटबल एफसीमा कोच हुनुहुन्छ । त्यो पनि हाम्रो लागि ठूलो उपलब्धि हो । त्यस्तै कुन्जन भान्जा । उहाँ पनि फुटबलका एकदमै राम्रो खेलाडी । उहाँलाई सन्डरल्यान्डदेखि लिएर नर्थको क्लबहरुले बोलाएको पनि हो । त्यतिखेर उहाँ जान सक्नु भएन । हाम्रो नसा नसामा फुटबल छ । यो ओपन डेको अर्को मक्सद भनेको हामीसँग भएको नलेज सेयर गर्ने, हामीभन्दा विज्ञ पनि हुनुहुन्छ । उहाँहरुबाट पनि हामीले आइडिया लिने हो । कुञ्जन प्रोफेसनल हुने एकदमै चानसेज थियो । उहाँलाई अफर पनि आएको हो । कारणवश उहाँ त्यता जान सक्नुभएन । तर, उहाँले फुटबलसम्बन्धी नै पढेर एकदमै राम्रो गर्दै हुनुहुन्छ । डिग्री गर्दै हुनुहुन्छ ।
ओपन डेमा प्रवेश शुल्क कति छ ?
कृष्ण : हामीसँग फन्ड त्यत्ति छैन । फन्ड जेनेरेड पनि होस् भनेर । सहारा डे आउट, फुटबल फन्ड डे । ओपन डे, फुटबल फन्डे । त्यसमा बच्चाहरु र एडल्टहरुलाई सहुलियत दिनेछौं । एडल्टलाई १५ पाउन्ड तोकेको छौं । दिनभरी फुटबल खेल्दै खाँदै गर्ने व्यवस्था छ । साना बच्चाहरुका लागि १० पाउन्ड तोकेका छौं । त्यहाँ चेन्जिङ रुम लगायतको सुविधा छ ।
अन्त्यमा
६ देखि १४ वर्षका बच्चाहरुलाई लिएर त्यस दिन लिएर आउनुहोस् । हामीलाई सहयोग गर्नुहोस् । यो हाम्रो पहिलो प्रयास हो ।






