कलाकार दीपक थापा मगरको उपचारका लागि बेलायतमा सरु राना गुरुङको पहलमा डेढ लाख सहयोग संकलन

SHARE:

लन्डन । नेपाली राष्ट्रिय कलाकार दीपक थापा मगरको उपचारका लागि बेलायतमा सरु राना गुरुङको पहलमा डेढ लाख रुपैयाँ सहयोग संकलन भएको छ ।

गायक, संगीतकार, संगीत संयोजक साथै (द प्रिज्म) ब्याण्डका संस्थापक सदस्य दीपकको मिर्गौला प्रत्यारोपणमा सहयोग पुर्‍याउने उद्देश्यले सरुले आफन्त, साथीभाइ र तमु समाजका दाइ, दिदीबाट बेलायती मुद्रा ७५३.६३ (नेपाली एक लाख ५० हजार ७२६ रुपैयाँ पन्ध्र पैसा) संकलन गरेकी हुन् । उनले सहयोग रकम पीडित दिपक थापाकै बैंक खातामा पठाइसकेको जानकारीसमेत गराएकी छन् ।

४ दशकदेखी नेपाली गीत, संगीतमा योगदान पुर्‍याएका थापा अहिले रोनिक किड्नी डिजिज (CKD) स्टेज ५ बाट पीडित छन् । डाक्टरका अनुसार किड्नी प्रत्यारोपण नै उनको जीवन बचाउने र स्वास्थ्य सुधार गर्ने सबैभन्दा राम्रो उपाय भएकाले आफूले पनि थोरै भए पनि मलम लगाउने ईच्छा राख्दै सहयोगको आह्वान गरेको उनको भनाइ छ ।

थापाका कयौं हिट गीतमध्ये ‘विदेश जाने मायालु तिमीलाई सम्झना छ बारम्बार मेरो …’ कालजयी गीतमा तीन दशक अगाडि गुरुङ भाषामा आधारित पहिलो फिल्म पातेमा सरुले समेत सँगै काम गरेको उल्लेख गरेकी छन् । सरुले साथ र सहयोग गरिदिकोमा सम्पूर्ण दाताहरुलाई मुरी मुरी धन्यवाद भनेकी छन् ।

कलाकार थापा शनिबार भारतको नयाँ दिल्लीस्थित अपोलो हस्पिटलमा जाँचका लागि गएका छन् । उनी एक हप्तापछि नेपाल फर्कने जानकारीसमेत फेसबुकमार्फत दिइएको छ।

यी हुन् सहयोग दाताहरुको नामावली र रकम
1. ⁠ Paru Gurung from Iceland £88.63✅
2. Saru Rana Gurung £50✅
3. Chitra Gurung 50✅
4. Dilar & Asmita Thapa £50✅
5. Babu Ram Gurung £35✅
6. ⁠⁠Gyan Gurung £30✅
7. Kedar Gurung £30✅
8. Menuka Rana £20✅
9. Goma Rana £30 ✅
10. ⁠Shiva Kuman Gurung £30✅
11. Sobha Rana £30✅
12. Bal Krishna Gurung £25✅
13. ⁠Shiva Chandra Gurung £ 25✅
14. ⁠Maya Gurung £ 25 ✅
15. ⁠Biju Gurung £25 ✅
16. Bindu Gurung £25✅
17. Dharma Lama Guru £25✅
18. khem Gurung £20✅
19. Tika Gurung £25 ✅
20. Chandran Gurung £ 25 ✅
21. Ritu gurung £ 25 ✅
22. Salina Thapa £20✅
23. Lalita Gurung £25✅
24. Ram & Laxman Rana £20✅
Total amount 753.63

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!