सलाम टिम हिभर

SHARE:

चिम्खोले काइँला
यूकेवासी नेपाली, ब्रिटिस गोर्खा तथा उनका परिवारहरुको प्रिय साथी Timothy  Tim Heaver को ५२ वर्षको उमेरमा सन् २५ जुलाई २०१९ बेलुकी ११ बजेर १५ मिनटमा बेलायतस्थित Royal Barkshire Hospital Reading मा स्वर्गारोहण भएको छ । उनको मृत्युले बेलायतवासी हजारौं नेपालीहरु भावबिभोर, मर्माहत तथा शोकाकुल बने ।

टिम हिभरलाई धेरै नेपालीहरुले भगवान् ठान्छन् किनभने उनको जिन्दगीको छोटो अवधिमा धेरै नेपाली, ब्रिटिस गोर्खा तथा उनका परिवारहरुको पक्षमा वकालत गरेर जिन्दगी नै परिवर्तन गरिदिएका छन् । सन् १९९५ तिर औंलामा गन्ने गोर्खालीहरुसँग हिमचिम भएको टिमले बेलायतले गोर्खालीहरुलाई अन्याय र अत्याचार गरेको छ भन्ने बारेमा सुन्ने मौका पाए । के बेलायतले साँच्चिकै गोर्खालीहरुलाई अन्याय र अत्याचार गरेको छ ? भन्ने बारेमा गहिरो अध्ययन गरेपछि टिम हिभर खुलेर गोर्खाली तथा उनका परिवारको घर–घरमा पुगेर निःशुल्क कानुनी परामर्श तथा वकालती सेवा दिन थाले । केही सेवानिवृत्त भएका गोर्खाजहरुको श्रीमती, छोराछोरी बेलायतमा श्रीमान् नेपालबाट बेलायत आउन नपाएका तथा नेपालमा अड्किएर बसेका गोर्खाजहरुलाई नेपाल गएर लिएर आएका थिए ।

टिम हिभर अनौठो प्रवृत्ति भएको व्यक्ति थिए । उनलाई लागेको ठीक कुरालाई ठीक भनेर ज्यानै दिन्थे भने बेठीक कुरालाई ज्यानै फ्याँकेर खण्डन गर्न सक्ने प्रवृत्तिका थिए । उनी मन परेको व्यक्तिहरुलाई जिस्क्याएर तलमाथि पार्न माहिर थिए । मन नपरेको मान्छेलाई छड्के आँखाले हेर्ने स्वभाव थिएन । म साइनोले छोरा पर्छु । मलाई पनि बेस्सरी जिस्काउँथे । उनले जेठान पर्ने, दिदीसासु पर्ने, सासुआमा पर्ने, ससुरा बा पर्नेलाई पनि बढो जिस्क्याउँथे । उनलाई नेपाली समाजमा क–कसलाई आदर गर्न पर्छ र क–कसलाई जिस्क्याउनु हुँदैन भन्ने थाहा भए पनि उनी मन परेको व्यक्तिसँग जिस्कीरहन्थे ।

ब्रिटिस गोर्खाजका सन्तानहरु जागिरको सिलसिलामा सिंगापुर र मलासियामा जन्मेकाहरुलाई पनि आवासीय भिसा तथा British National Overseas (BNO) पासपोर्ट प्राप्त गर्न सक्छन् भन्ने सल्लाह तथा कानुनी परामर्श दिएर पहिलो ढोका खुलाइदिएका थिए । सन् १९६० मा ६ गोर्खा राइफल्स बेलायतमा रहँदा जन्मेका सन्तानहरुलाई जन्मदर्ता प्रमाण पत्र तथा सोझै ब्रिटिस पासपोर्ट प्रदान गर्नेमा कानुनी परामर्श तथा सहयोग गरेका थिए । हङकङमा जन्मिएका द्यल्इ पासपोर्ट बोकेका भान्जाभान्जीहरुलाई आवासीय भिसा तथा ब्रिटिस पासपोर्ट आवेदन गर्नमा कानुनी परामर्श तथा सहयोग पुर्‍याएका थिए । नोकरीमा भएका गोर्खाहरुलाई बेलायतको गृह मन्त्रालयको सेक्सन ८ हान्ने पहिलो ढोका टिम हिभरले खोलिदिएका थिए । ब्रिटिस गोर्खाज सेवानिवृत्त भएपछि पनि यदि उनीहरुले चाहेमा North Atlantic Trity Organisation (NATO) का मुलुकहरुमा बसाइँसराइ गर्न पाउने र यदि बेलायतमा बस्ने हो भने सोझै ब्रिटिस पासपोर्टको लागि आवेदन दिन पाउने कानुनी परामर्श तथा सहयोग दिएका थिए ।

टिम हिभरले यूकेवासी नेपालीहरुको इमिग्रेसनसम्बन्धी मुद्दाहरुलाई मात्र सम्बोधन तथा बहस गरेनन् । उनले घरेलु हिंसामा परेका नेपाली पुरुष महिला, बालबालिका, व्यापार व्यवसायविरुद्ध परेको मुद्दा, रोजगार दाताबाट ठगिएका नेपाली कामदारहरु तथा कलेजबाट ठगिएका नेपाली विध्यार्थीहरुको लागि सम्बन्धित अदालतहरुमा बहस गरेर वादी तथा प्रतिवादी दुवै पक्षको जित हुने गरेर समस्यको समाधान गरिदिन्थे । नेपालीहरुको परम्परागत चलिआएको सांस्कृतिक बेलायतको लागि नौलो भएको हुँदा अदालतको न्यायाधीशहरुसँग दोहोरो संवाद गरेर मुद्दालाई सरल पारिदिन्थे । उनले यस्ता कार्यहरुमा बहस गरेको शुल्क लिने थिएनन् ।

टिम हिभरलाई पैसाको लोभ थिएन । इमिग्रेशनसम्बन्धी समस्यमा भएका एकल महिला, बालबालिका, जेष्ठ नागरिक तथा कम आय भएका व्यक्तिहरुलाई उनको कार्यालयमा गए शुल्क लाग्ने भएको हुँदा उनले घरमै बोलाएर निःशुल्क कानुनी परामर्श दिन्थे ।

बेलायतको कानुन विषयमा एलएलबी गरेका टिम हिभरले जिन्दगी नै नेपालीलाई सुम्पिएर गएका छन् । उनको भौतिक शरीर नभए पनि उनले नेपालीहरुलाई लगाएको गुण हरेक नेपालीहरुको मुटु माझमा रहने छ । सधैं अमर रहने छ । नेपालीहरुप्रति लगाएको गुणको टिम हिभरलाई सलाम ठोक्नै पर्छ ।
सलाम अलबिदा ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!