काठमाडौं । वार्ताका लागि तयारी रहेको सन्देश पठाइरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का नेता माइला लामा काठमाडौंमा पक्राउ परे ।
उनी पक्राउ गरेपछि विप्लव समूहले एउटा विज्ञप्ति जारी गर्दै जनप्रतिरोध र जनकारवाही गर्ने चेतावनी दिएको छ । उले भनेको जनप्रतिरोध र जनकारवाहीको चेतावनीले समाजमा शंका पैदा गरिदिएको छ । वार्ताका लागि सरकारको नेतृत्व गरिरहेको नेकपाका नेताहरु पनि सक्रिय छन् । कतिपय नेताले भारतमा पुगेर विप्लवलाई भेटेर कुराकानी गरिसकेको पनि बताइरहेका छन् । वार्ताको वातावरण बन्दै गरेको भनिएको अवस्थामा माइला लामा पक्राउ परेपछि विप्लव बिच्किएका छन् । यस्तो अवस्थामा विप्लवविरुद्ध प्रहरीको निष्कृयता नभएको पुष्टि भएको छ ।
विप्लवका १५ सय पक्राउ
विप्लव समूहले विभिन्न स्थानमा चन्दा आतंक, बम विष्फोट लगायतका घटना गराउन थालेपछि प्रहरीले व्यापक पक्राउ गरेको छ । प्रतिवन्ध लगाउनुपूर्व विप्लव समूहका कार्यकर्ताहरु बढी पक्राउ परेका छन् । प्रतिवन्धपूर्व एक हजार ३०५ जना पक्राउ परेका छन् । त्यस्तै, प्रतिवन्धपश्चात ६०९ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । त्यस्तै, उनीहरुविरुद्ध एक हजार ३१३ मुद्दा दर्ता भएका छन् । प्रतिवन्धपूर्व एक हजार १३३ मुद्दा र प्रतिवन्धपछि ६४८ मुद्दा दायर भएका छन् ।
पक्राउ परेकामध्ये दुईजना बालबालिका रहेको छ । उनीहरुलाई बालसुधार गृहमा पठाएको छ । प्रहरी महानिरीक्षक सवेन्द्र खनालका अनुसार, ५१३ जना छुटेका छन् । ११० जना कारागार चलान भका छन् । ६९ जनाविरुद्ध अनुसन्धान भइरहेको छ ।
नेतृत्व तहकै १४८ नेता पक्राउ
विप्लव समूहविरुद्धको एक्सनमा डेढ सयजना त नेतृत्व तहकै नेताहरु पक्राउ परेकाा छन् । प्रहरी प्रतिवेदनअनुसार, एकजना स्थायी समिति सदस्य नै पक्राउ परेका छन् । त्यस्तै विभागीय प्रमुख एकजना, पोलिटव्यूरो सदस्य दुई जना, सात जना केन्द्रीय सदस्य, पाँच जना व्यूरो प्रमुख, छ जना भार्त संगठन प्रमुख, १७ जना व्यूरो सदस्य, ४३ जना जिल्ला इन्चार्ज तथा सेक्रेटरी पक्राउ परेका छन् । यसरी पक्राउ पर्ने क्रममा सबैभन्दा बढी भातृ संगठनका जिल्ला इञ्चार्ज बढी छन् । प्रहरीले ६६जना भातृ संगठन जिल्ला इञ्चार्ज पक्राउ गरेको प्रतिवेदनमा उल्लेख छ ।
२५ विष्फोट, सातजनाको मृत्यु
विप्लव समूहले सञ्चालन गरेको गतिविधिका क्रममा विभिन्न स्थानमा विष्फोटका घटना भएका छन् । बम विष्फोटका कारण सात जनाले ज्यान गुमाउनु परेको छ ।
देशभर २५ स्थानमा बम विष्फोट गराएको प्रहरी प्रतिवेदनमा छ । त्यस्तै, विप्लव समूहले राखेका १२४ स्थानको बम निष्कृय पारेको छ ।
प्रहरी कारवाहीमा विप्लव समूहका छ जनाको मृत्यु भएको छ भने एकजना सर्वसाधारणको विष्फोटमा परी मृत्यु भएको छ । त्यस्तै, विप्लव समूहका कार्यकर्ताको गोली प्रहारबाट एकजना प्रहरीको भोजपुरमा मृत्यु भएको छ ।
स्वचालित हतियार बरामद
नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) सँग स्वचालित हतियार बरामद भएको पुष्टि भएको छ । देशका विभिन्न स्थानमा विष्फोट तथा चन्दा आतंक मच्चाउँदै आएका विप्लव समूहबाट बरामद भएका हतियारको संख्या हेर्दा पनि स्वचालित हतियार रहेको पुष्टि भएको हो । नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट विप्लव समूहले बरामद गरेका स्वचालित हतियारको संख्या दिनदिनै बढ्दो छ । कतिपय स्थानमा लुकाई राखेका त कतिपय कार्यकर्ताहरुको साथबाट हतियार बरामद भएका हुन् । प्रहरीले विप्लव समूहको साथबाट एक थान एलएमजीसहित २४ थान हतियार बरामद गरेको छ । देशका विभिन्न स्थानमा प्रहरीले गरेको अपरेशनका क्रममा हतियार बरामद भएको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जनाकारी दिए । प्रहरीले हतियार बरामद गर्नुलाई उच्च सफलताका रुपमा लिएको छ ।
कस्ता–कस्ता हतियार ?
विप्लव समूहबाट देशभरबाट २४ थान हतियार बरामद भएको प्रहरीको वार्षिक प्रतिवेदनमा उल्लेख छ । त्यसरी बरामद गरिएका हतियारमा स्वचालित हतियार पनि छन् ।
स्वचालित हतियार समेत बरामद भएपछि सुरक्षा निकायहरु भने सशंकित बनेका छन् । उनीहरुसँग अरु पनि हतियार हुनसक्ने आशंकामा देशका धेरै शंकास्पद स्थानहरुमा प्रहरीले छापा समेत मारिसकेको छ । बरामद भएका सबैभन्दा बढी सेमी अटोमेटिक पेस्तोल सबैभन्दा बढी छन् । प्रहरीले सेमी अटोमेटिक पेस्तोल १० थान बरामद गरेको छ । त्यसैगरी, एक थान एलएमजी, एम १६ राइफल एक थान, ७।६२ एसएलआर राइफल एकथान, ३०३ राइफल तीन थान बरामद गरेको छ । त्यसैगरी ९एमएम एसएमजी दुई थान, एक थान रिकभर पेस्तोल, कटुवा पेस्तोल तीन थान र भरुवा बन्दुक दुई थान बरामद भएको प्रहरी प्रतिवेदनमा छ ।
विप्लवसित कति छ हतियार ?
प्रहरीले २४ थान हतियार विप्लव समूहबाट बरामद गरेपनि उनीसित कति हतियार छ भन्ने यकिन प्रहरीको छैन । विप्लव समूहबाट स्वचालित हतियार समेत बरामद भएपछि उनीसित अन्य स्वचालित हतियारसमेत भएको अनुमान प्रहरीको छ ।
हतियार बरामदले विप्लव समूहलाई केही क्षति पुगेपनि विप्लव समूहलाई कम आँक्न सक्ने स्थिति भने रहेन । उनीसित स्वचालित हतियार नै रहेको पुष्टि गर्ने आधार बरामद हतियारबाट भएको छ । त्यसैले पनि विप्लव समूहसँग अन्य स्वचालित हतियार समेत प्रहरी निष्कर्ष छ । त्यसो त कतिपय पूर्वमाओवादी लडाकुहरुले विप्लव समूहले माओवादीले विगतमा प्रयोग गरेका हतियार समेत लुकाएर राखेका छन् । देशमा विद्रोह घोषणा गरेका विप्लवले विगतमा लुकाएका हतियार नै प्रयोग गर्नसक्ने अनुमान पूर्वमाओवादी कमाण्डरहरुको अनुमान छ ।
कोरला नाका खोल्ने विषयमा गण्डकी प्रदेश र चिनिया प्रतिनिधिबीच छलफल
पोखरा । चीनसँगको कोरला नाका खोल्ने विषयमा गण्डकी प्रदेशका प्रतिनिधि र चिनियाँ प्रतिनिधि मण्डलबीच आइतबार पोखरामा छलफल भएको छ ।
प्राध्यपाक वाइ ड्यूङ लिउको नेतृत्वमा रहेको चिनिया टोलीले कोराला नाका खोल्न संभावाना र प्रदेश सरकारको धारणाबारे भेटमा जिज्ञासा राखेका थिए । नाका खुलेपछि हुने आर्थिक र धार्मिक गतिविधि बृद्धिको संभावनाको बारेमा समेत टोलीले चासो राखेका थिए । जवाफमा प्रदेश प्रतिनिधि मण्डलका नेतृत्व गरेका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले नाका खोल्न प्रदेश सरकार तत्पर रहेको र संघ सरकारलाई अनुरोध पठाई सकिएको जानकारी गराएका थिए । साथै उनले नाका खोल्न सकिए व्यापारिक, धार्मिक र बहुपक्षीय रुपमा दुवै देशले फाइदा लिन सक्नेतर्फ चिनिया पक्षको ध्यानाकर्षण गराएका थिए ।
यो नाकामा बाटाको ट्रयाक बनिसकेको र भौगोलिक रुपमा काठमाडौ र लुम्विनीसँग नजिक रहेकोले यसले व्यापारिक र धार्मिक रुपमा फाइदा पुग्ने उनको भनाई थियो । चिनिया प्रतिनिधि मण्डल प्रमुख प्राध्यापक लिउले आफुहरु समेत कोराला नाका खोल्ने प्रक्रिया अगाडि बढाउन इच्छुक रहेको र नेपाली पक्षले सहमत भएमा चाडै विस्तृत संभाव्यता अध्ययन गर्ने बताएका थिए ।
छलफलमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्मा पौडेलले यो नाकाबाट सवैभन्दा छोटो दुरीमा भारतीय नाकासंग समेत जोडिने भएकोले यसले त्रिदेशीय व्यापरिक गतिविधिलाई बढाउन मदत गर्ने बताएका थिए ।
मुस्ताङ जिल्लामा पर्ने कोराला नाका खुलाउन सकिए यो चिनसँगको व्यापार आदानप्रदानका लागि सहज हुने भन्दै गण्डकी प्रदेशले यो नाका खोल्न केन्द्र सरकारलाइ आग्रह गरेको छ ।
विप्लवप्रति थप आक्रामक हुने संकेत
प्रतिवन्धित विप्लवप्रति सरकार थप कडाईका साथ प्रस्तुत हुने संकेत देखिएको छ । वार्ताका लागि वातावरण बनिरहेको बताईरहेको बेला सरकार कडाईका साथ प्रस्तुत हुने संकेत दिएको छ ।
देशभर एनसेल र नेपाल टेलिकमको टावरमा आक्रमण गरेपछि सरकारले विप्लव गतिविधि निस्तेज पार्ने रणनीति लिएको छ । यस्ता रणनीतिले थप संकटपूर्ण स्थिति आउने संकेत पनि उत्तिकै दिएको छ ।
विप्लवले भने पक्राउ परेका नेता र कार्यकर्ताहरुलाई पार्टीबाट नै निष्काशन गरेको छ । यो उनको रणनीतिले पक्राउ परेकाहरुलाई सरकारलाई छाड्न दवाव पुग्नेछ ।






