लन्डन । तमु प्ये ल्हु संघ युकेको वार्षिक गृष्मकालीन भेटघाट तथा बीबीक्यू कार्यक्रम यही २७ जुनमा हुने भएको छ ।
नेपालबाट आएका चर्चित कलाकारको साथमा गत वर्ष झैं यो बर्ष पनि वार्षिक गृष्मकालीन भेटघाट तथा समर बीबीक्यू हुन लागेको तमु प्ये ल्हु संघ यूकेका प्राविधिक इन्द्रेश ङोप्छेले सूचनामार्फत जानकारी गराएका छन् । कार्यक्रम शनिबार २७ जुन शनिबारमा बिहान १० देखि राति ११ बजेसम्म रेडिङस्थित वल्ड ह्वाइट्ली उडलेनमा हुनेछ ।
कलाकार मञ्जु बिक, शर्मिला गुरुङ सरु र तिलक प्ल्हेँ तमुलगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने जनाइएको छ । त्यसैगरी प्रतियोगितात्मक बास्केट बल सुटिङ र विभिन्न रमाईलो खेलहरु र स-साना बालबालिकाहरुको लागि विभिन्न मनोरन्जनात्मक खेलहरु पनि समावेश गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा जिब्रो पड्काउने टिपन–टापन, मिठो खाना र स्वादिलो सिजलिङ बीबीक्यू आदि मिष्ठान्न परिकारको व्यवस्था भएकोले स–परिवार, आफन्त र ईष्टमित्र भेटघाट गरी भलाकुसरी गर्ने सूवर्ण अवसर रहेको आयोजकले बताएको छ ।
बेलायतवासी सम्पूर्ण बाबा–आमा, दाजुभाइ, दिदीबहिनी, ईष्टभित्र लगायत सम्पूर्णलाई गरिमामय उपस्थितिका लागि तमु प्ये ल्हु संघ युकेले निमन्त्रणा गरेको छ ।






