भेरी समाज यूकेको भेटघाट कार्यक्रम सम्पन्न

SHARE:

गोपाल थापा
बेलायत, फार्नबोरो । भेरी समाज यूकेले फार्नबोरोस्थित स्थानीय खेल मैदानमा रहेको सुविधायुक्त व्यवसाय महाविधालयको बैठक कक्षमा गृष्मकालीन भेटघाट कार्यक्रम भव्य र सभ्यता रुपमा सम्पन्न गरेको छ ।

संयुक्त अधिराज्य बेलायतमा छरिएर रहेका सम्पूर्ण गाउँलेहरुलाई एकै थलोमा जमघट गराई वर्षभरीको दुःखसुख, थकाईको भारी बिसाई आपसी सद्भाव तथा सौहार्दता अभिवृद्धि गर्ने उद्देश्यले गत ३ अगस्ट २०१९ शनिबार भेला आयोजना गरिएको हो । यूकेको व्यस्तताको बाबजुत पनि कार्यक्रममा गाउँलेहरुको बाक्लो उपस्थिति थियो । त्यही उपस्थितिमा सम्पूर्ण साना नानीहरुदेखि ठूलासम्म आ–आफ्ना भेषभुषामा सजिएका थिए । जसले आफ्ना समाज र गाउँठाउँका कला, संस्कृति र मौलिकता झल्काएको थियो ।

अध्यक्ष गोपाल थापाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा संस्थाका महासचिव झक थापाले स्वागत मन्तव्य व्यक्त गर्दै स्वास्थ्य र सुरक्षासम्बन्धी पालना गर्नुपर्ने विषय जानकारी गराएका थिए । त्यसपछि संस्थाका उपाध्यक्ष गगन थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

औपचारिक कार्यक्रम शुभारम्भ समाजका अध्यक्ष, उपाध्यक्ष, जेष्ठ नागरिक कप्तान नर्सिङ्ग गुरुङ र मुख्य अतिथि राप्ती समाजका अध्यक्ष र उपाध्यक्षद्वारा पानसमा दिप प्रज्वलन गरी नेपाली र अंग्रेजी राष्ट्रिय गानको साथ अगाडि बढाइएको थियो । मुख्य अतिथि राप्ती समाजका अध्यक्ष हिक्मतसिङ रोकाले मन्तव्य राख्दै कार्यक्रम सफलताको शुभकामना दिए । प्रवचनको अन्त्यमा अध्यक्ष थापाले पनि उपस्थित सम्पूर्ण अतिथि तथा समाजका महानुभावहरुलाई हाँस्य कविता र समाजका गतिविधिहरुको विषयमा प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए ।

पहिलो चरणको कार्यक्रम समापनपछि कलाकाहरुले एकल र सामूहिक गीत प्रस्तुत गरेका थिए । कलाकारहरुमा सुशील गुरुङ, दिपेश गुरुङ, बिशाल तामाङ, फिरोज थापा, सन्जोग जिसी, सेविका जिसी, दीपा राना, सुमन राना, सोनिका थापा, पुष्पा आले, रमा गुरुङ, रोजी गुरुङ र लता राना रहेका थिए । गीतपश्चात संस्थाका बाल कलाकारहरुले आ–आफ्ना उत्कृष्ट नृत्य प्रस्तुत गरी भव्य मनोरञ्जन दिएका थिए ।

दोस्रो चरणमा, सैनिक कार्यमा नयाँ आगमन साथै पदोन्नती हुने, देश विदेशबाट सहभागी र विभिन्न क्षेत्रमा सफलता प्राप्त गर्ने उत्कृष्ट व्यक्तिहरुलाई समुदायको तर्फबाट हार्दिक धन्यवादको साथमा प्रमाण पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रमलाई चरणबद्ध रुपमा अगाडि बढाउने जिम्मा पाएका उद्घोषक सुशील गुरुङले मनोरञ्जनात्मक कार्यक्रमको बीच–बीचमा रमाइला चुट्किला, कविता र मुक्तक वाचन गरी रमाइलो पारेका थिए ।

त्यस्तैगरी संस्थाप्रति सदैव सद्भाव र सहयोग गर्ने बालकलाकारहरुलाई पनि केही उपहारको साथ सम्मान गरिएको थियो । नजिकिँदै गरेको नारीहरुको महान् चाड हरितालिका तीजको शुभकामना साटासाट गर्दै तीज गीतमा दिदीबहिनीहरु बारुले कम्मर मर्काईमर्काई नाचेका थिए ।

तेस्रो चरणमा थप मनोरञ्जन दिन भाग्योदय चिठ्ठाको पनि आयोजना गरिएको थियो । जसमा संघसंस्था र समाजका इच्छुक धनी मन भएका व्यक्तिहरुले र हरेक स्थानबाट प्रदान गरेका थिए ।

औपचारिक कार्यक्रमको सञ्चालन सामूहिक रुपमा डम्मर ठकुरी, ज्ञान राना र रोमेन्द्रद्रआलेले गरेका थिए भने मनोरञ्जनात्मक कार्यक्रम सुुशील गुरुङले सञ्चालन गरेका थिए ।
अन्तमा संस्थाका अध्यक्ष थापाले यस वर्षको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको र सहभागी सम्पूर्ण आगन्तुकलाई धन्यवाद दिँदै अर्को वर्ष भेट्ने वाचासहित कार्यक्रम समापन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!