हुम तमु
पोखरा । साउनको अन्तिम मंगलवार तमुहरुले पोखरामा परम्परागत साँस्कृतिक पर्व ट्होटें धुमधामका साथ मनाएका छन्। तमुधिं नेपालको आयोजनामा पोखरा १ बगर टुँडिखेलबाट साँस्कृतिक झाँकी, बाजागाजासहित विन्दबासिनी भैरबटोल, सिद्धार्थचोक, चिप्लेढुंगा, महेन्द्रपुल नयाँबजार हुँदै तमुधिं नेपालमा जम्मा भएर ट्होटें मनाइएको हो ।
पुरानो टुँडिखेलमा आयोजित कार्यक्रममा तमु खेगीहरुले पितृहरु र भूमिपूजा एवम् प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, तमुधिं नेपालकी अध्यक्ष कर्म तमु, साँस्कृतिक संयोजक मेनकाजी गुरुङ लगायत क्षेत्रीय तमु समाजका अध्यक्षहरुले धुप हाली र्याली शुरु गरिएको थियो ।
समारोहको दीप प्रज्वलन गरी उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री लम्सालले ट्होटेंको शुभकामना व्यक्त गरे । उनले ट्होटेंको साँस्कृतिक परम्परागत महत्वका बारेमा समेत प्रष्ट्याउएका थिए ।
कार्यक्रममा फूलवारी तमु समाजले ट्होटें झाँकी, सिमपानी तमु समाजले ट्होटे नृत्य, आँधीखोला तमु समाजले घाँटु, कोल्माबहाकोट तमु समाजले झोरासहित चिउली पार्चे तमु समाज, ताङतिङ दुधपोखरी तमु समाज, नादा तमु समाज, कोल्माबहाकोट तमु समाज लगायतले विविध साँस्कृतिक प्रस्तुति गरेका थिए।






