शेरलाई प्रेम, सुशीला र ललितको समर्थन

SHARE:


एटा संवाददाता ।
लन्डन । यसअघि गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी कार्यसमितिको अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका वर्तमान उपाध्यक्षहरु प्रेम गाहामगर, सुशीला राई र ललित न्यौपानेले अध्यक्षका प्रत्यासी एवं वर्तमान उपाध्यक्ष शेरबहादुर सुनारलाई समर्थन गर्दै आफूहरुले गरेको घोषणा फिर्ता लिएको जानकारी दिएका छन् । गत मंगलबार १३ अगष्ट बेलुकी अल्डरसटस्थित टेम्पटेशनमा सामूहिक रुपमा एक कार्यक्रमको आयोजना गरी उनीहरुले उक्त जानकारी गराएका हुन् ।
कार्यक्रममा सुशीला राई र ललित न्यौपानेले आईसीसी सदस्यमा र प्रेम गाहामगरले पुनः उपाध्यक्षमा उम्मेदवारी दिने बताए । सो अवसरमा समाजसेवी ओम थापा, एनआरएनए अग्रज विश्व आर्दश पण्डित, बर्गिमहमका शसांक शर्मा, नर्दन आयरल्याण्डका नारायण कंडेल, स्थानीय काउन्सिलर प्रवेश केसी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
समाजसेवी रुद्र थापाले संचालन गरेको कार्यक्रममा एनआरएनए युकेका वर्तमान उपाध्यक्ष एवं शेरबहादुर सुनारले ३ जना वर्तमान उपाध्यक्षहरुले अध्यक्षका लागि घोषणा गरेको प्रतिवद्धतालाई समेत समेटेर अगाडि बढ्ने र उनीहरुको उम्मेदवारीलाई पूर्ण रुपमा सघाउने विश्वास व्यक्त गरे । सो अवसरमा उनले एनआरएनए युकेको वर्तमान कार्यसमितिले आफूलाई दिएको कामहरु पूरा गरेको बताउदै १० हजार सदस्यता बनाउने अभिभारालाई पनि पूरा गराएको जानकारी दिए । साथै, उनले आगामी एनआरएनए युकेको अध्यक्षमा आफूलाई  बिजयी बनाउन अनुरोध गर्दै सबैलाई धन्यवाद दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!