कम्युनिस्ट आन्दोलन र राष्ट्रकै भविष्य बर्बाद हुने हो कि भन्ने चिन्ता छ : प्रचण्ड

SHARE:

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै विकल्प समाप्त पारेर पार्टी एकता गरेको भन्दै अब यसलाई सुदृढ गर्नुको विकल्प नभएको बताएका छन् ।

राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले अब एकता सुदृढ नभए देश सफल नहुने र कम्युनिस्ट आन्दोलन पनि सफल नहुने बताए ।

‘कहिलेकाहीँ यसो (पार्टी एकता) नगरेको भए बरु कहिँ न कहिँ विकल्प रहिराख्थे कि भन्ने पनि लाग्छ, सबै विकल्प सकेर हामी सफलता प्राप्त गर्न सकेनौं भने कम्युनिस्ट आन्दोलन र राष्ट्रकै भविष्य बर्बाद हुने हो कि भन्ने चिन्ता छ’ उनले भने ।

अहिले यही चिन्ताले अप्ठेरो भन्दा अप्ठेरो समस्या पनि हल गर्दै गएको प्रचण्डले बताए । उनले शुक्रबारको सचिवालय समितिको निर्णय पनि त्यस्तै अप्ठेरो निर्णय भएको बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!