कश्मीर मामलामा प्रतिक्रिया दिँदै परराष्ट्रमन्त्रीले भने, ‘क्षेत्रीय रुपमा र छिमेकमा समेत शान्ति र स्थिरताका पक्षमा नेपाल उभिएको छ’

SHARE:

काठमाडौँ । लामो मौनतापछि नेपाल सरकारले कश्मीर मामलामा मुख खोलेको छ । भारतीय विदेश मन्त्री एस जयशंकरको आसन्न नेपाल भ्रमणबारे जानकारी दिन परराष्ट्र मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ‘नेपाल सरकारले कश्मीर मामलालाई नजिकबाट नियालिरहेको’ प्रतिक्रिया दिएका हुन् ।

‘क्षेत्रीय रुपमा र छिमेकमा समेत शान्ति र स्थिरताका पक्षमा नेपाल उभिएको’मन्त्री ज्ञवालीले बताए । ‘सार्क संगठनका अध्यक्षका रुपमा पनि नेपालले राखेको धारणा एउटै छ, हामी क्षेत्रीय शान्तिका पक्षमा छौं,’ ज्ञवालीले भने । गत साता नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले संसदको अन्तर्राष्ट्रिय समितिमा ‘हिन्दूस्तानले सक्ने हो भने नेपाललाई सिक्किम बनाउँथ्यो’ भनी राखेको भनाइको खण्डन गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले, ‘यो आफैंमा अस्वीकार्य वक्तव्य’ भन्दै प्रतिक्रिया दिएका छन् । ‘एउटा गम्भीर राजनीतिक नेताले यति हल्का रुपमा उठाउनुभएको भन्ने नै अपत्यारिलो छ,’ उनले भने, ‘यस्ता भनाइले दुई देशबीच चिसोपन बढाउन सक्छ, यसरी नेपालको स्वतन्त्र अस्तित्व समाप्त हुन्छ भन्ने कुरा कल्पनाभन्दा बाहिर छ ।’

‘नेपाल सदैव स्वतन्त्र, सार्वभौम र अखण्ड मुलुक रहिआएको छ । हामी कसैको अधिनमा कहिल्यै परेका छैनौं,’ ज्ञवालीले भने, ‘सांसद गिरीले बोलेको कुरा सत्य हो भनेर पत्याउन मुश्किल परिरहेको छ, सरकार यो भनाइको खण्डन गर्दछ ।’

नेपाल भारत मन्त्रीस्तरीय संयुक्त बैठकमा भाग लिन जयशंकर भदौ ४ गते १ दिनका लागि नेपाल आउँदै छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!