एनआरएनए आयरल्याण्डको अध्यक्षमा मिलन

SHARE:


एटा संवाददाता ।
लण्डन । एनआरएनए आयरल्याण्डको अध्यक्षमा मिलन छन्त्याल निर्वाचित भएका छन् । हालै सम्पन्न एनआरएनए आयरल्याण्डको सातौं अधिवेशनले ३८  बर्षिय छन्त्याललाई  अध्यक्ष बनाएका  हुन् । सम्भवत: उनि एनसीसी मध्येका युवा अध्यक्ष हुन् । सो अधिवेशनले  कार्यसमितिको  उपाध्यक्षमा राम प्रसाद सापकोटा, अब्यदन पानी गौतम, महिला उपाध्यक्षमा सुनिता कार्की, महासचिवमा ओम अधिकारी, सचिवमा प्रेम प्रसाद घले, कोषाध्यक्षमा सुमन गुरुङ, सहकोषाध्यक्ष जयन्द्र राना निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरुमा दिपा राई, प्रकाश लामा, निशान्त शर्मा, पुस्कार बम्जन र बाबुकृष्ण कटुवाल निर्वाचित भएका छन् । साथै, महिला संयोजकमा अञ्जु काफ्ले, युवा संयोजक अनिस भण्डारी, महिला सदस्यमा करुणा थापा र आईसीसी सदस्यमा बिनोद कार्की चयन भएका छन् ।

कार्यक्रममा एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्यले नवनिर्वाचित अध्यक्ष लगायत पदाधिकारी तथा सदस्यहरुलाई  प्रमाण पत्र सहित खादा लगाई बधाई दिएका थिए । सो अवसरमा नवनिर्वाचित अध्यक्ष छन्त्यालले आयरल्याण्डलाई नमूना एनसीसी बनाउने प्रतिवद्धता व्यक्त गरे ।उक्त अधिबेशनको एनआरएनए आयरल्याण्ड अध्यक्ष नवराज कोइरालाले अध्यक्षता गरेको नवनिर्वाचित अध्यक्ष मिलन छन्त्यालले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!