घान्द्रुक समाज यूकेको समर भेटघाट

SHARE:

नारायण सिंह गुरुङ
फार्नबोरो । घान्द्रुक समाज यूकेले गएको १७ अगस्ट २०१९ शनिबार फार्नबोरोस्थित सम्युअल कडी स्पोर्ट्स सेन्टरको ठूलो हलमा आफ्नो वार्षिक तथा गृष्मकालीन भेटघाट कार्यक्रम उल्लाहसमय वातावरणमा मनाएको छ ।

औपचारिक र अनौपचारिक अर्थात् मनोरन्जनात्मक गरी दुई भागमा विभाजित कार्यक्रम बिहान तोकिएको समय ११ बजेभन्दा करिब आधा घण्टापछि सुरु भई साँझ साढे ९ बजेतिर अन्त भएको थियो । पहिलो चरणको औपचारिक कार्यक्रम महासचिव रोशन गुरुङले सञ्चालन गरेका थिए । त्यसमा समाजका उपाध्यक्ष सत्रमान गुरुङले स्वागत मन्तव्यको साथै हेल्थ र सेप्mटी बारेमा बोलेका थिए । अध्यक्ष अर्जुन गुरुङले धन्यवाद मन्तव्य दिएका थिए ।

औपचारिक कार्यक्रमको उत्तराद्र्धको सम्मान गर्ने कार्यक्रमलाई समाजका युवा संयोजक नरकाजी गुरुङले सञ्चालन गरेका थिए र दोस्रो चरणको अन्य कार्यक्रमहरु भिन्दाभिन्दै संयोजकहरुले सञ्चालन गरेका थिए । जस्तै ‘राफल ड्र’ को कार्यक्रमलाई संयोजक राजकुमार गुरुङ, तमु भाषा प्रतियोगितालाई संयोजकद्वय अमरप्रसाद गुरुङ र नारायण सिंह गुरुङ र अन्तको नृत्यको मनोरञ्जन कार्यक्रमलाई जुमप्रसाद गुरुङ र नीलम गुरुङले सञ्चालन गरेका थिए ।

औपचारिक कार्यक्रमको सन्दर्भमै यस वर्ष समाज १० वर्ष पुगेको उपलक्ष्यमा भुपू अध्यक्षहरु रि. क्या. इमानकुमार गुरुङ, रि. इन्स्पेक्टर खेमबहादुर गुरुङ, रि.क्या. पूर्णबहादुर गुरुङ, तमुधिं यूकेका अध्यक्ष नन्दजङ्ग गुरुङ उनको धर्मपत्नी, तमुधिंकै वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङ, घान्द्रुक समाज यूकेका सदस्य तथा भूपू सहायकमन्त्री प्रकाशबहादुर गुरुङ, व्यक्तिगत कामको क्रममा हाल यूकेमा रहेका रि.मेजर बालकृष्ण गुरुङ, हाल नोकरीमै रहेका मेजर राजेश गुरुङ, रि. क्या. बखतबहादुर गुरुङ र अन्य सल्लाहकारहरुको गरिमामय आतिथ्य र उपस्थितिमा केक काटेर समाज दसौं वार्षिकोत्सव पनि मनाएको थियो । आमन्त्रित अतिथिहरुमा तमु प्ये ल्हु संघ यूकेको अध्यक्ष रि. मेजर खुसीमान गुरुङ एमभिओ र समाजका संस्थापक अध्यक्ष रि. मेजर उदयबहादुर गुरुङ एमबिई आफ्नो व्यक्तिगत परिस्थितिले उपस्थित हुन सकेनन् ।

कार्यक्रम प्रारम्भमा घान्द्रुकमा रहेको एकदमै आस्था र विश्वासको केन्द्र श्री मेश्रम बराह पच्यु खेगी देवबहादुर गुरुङले सदाझंै पूजापाठ गरी वाचन गरेका थिए । त्यसपश्चात् एक वर्षको अवधिमा गुमाएका मृतआत्महरुको सम्झनामा एक मिनेट मौनधारण गरी कार्यक्रम चलाएका थिए ।

त्यसपछिका कार्यक्रमहरुमा यस वर्ष आजीवन सदस्यता लिएका १३ जना सदस्यहरु, विभिन्न युनिभर्सिटीबाट ग्रेज्युएशन गरेका घान्द्रुक समाजका सदस्यहरुका १२ जना छोराछोरीहरु, नेपालबाट व्यक्तिगत कामको क्रममा हाल बेलायतमा रहेका समाजसेवी रि.मे बालकृष्ण गुरुङ र उनको धर्मपत्नी अनि गत सालको नेपाली मेलामा नृत्य र अरु विभिन्न बिधाबाट समाजलाई उत्कृष्ट योगदान दिएबापत पूनम गुरुङको नेतृत्वको कलाकार टोली सबैलाई भूपू सहायकमन्त्री प्रकाशबहादुर गुरुङ, समाजका पूर्वअध्यक्षहरु रि.ई. खेमबहादुर गुरुङ, रि. क्या. पूर्णबहादुर गुरुङ, बहालवाला अध्यक्ष अर्जुन गुरुङ र सल्लाहकार नारायण सिंह गुरुङ आदिले विधाअनुसार खादा, फूल, प्रमाणपत्र आदि आदिले सम्मान गरेका थिए ।

त्यस्तैगरी एउटा मनोरञ्जनात्मक खेल ‘राफल ड्र’ थियो । जुन कार्यक्रमका लागि दाताहरुले विभिन्न सामाग्री, नगद स्वत:स्फूर्त प्रायोजन गरेका थिए र समाजले सदाझैँ एक तोला सुन प्रथम पुरस्कार स्वरुप राखेको थियो । राजकुमार गुरुङको संयोजकत्वमा खेलाइएको ‘राफल ड्र’ को प्रथम पुरस्कार एक तोला सुन समाजका एकजना सदस्य कन्याकुमारी गुरुङले हात पार्न सफल भइन् । त्यस्तैगरी अर्को ज्ञानवार्दक अनि मनोरञ्जनात्मक कार्यक्रम तमु भाषा प्रतियोगिता थियो । जसलाई संयोजकद्वय अमरप्रसाद गुरुङ र नारायण सिंह गुरुङले सञ्चालन गरेका थिए भने मूल्यांकनमा देव सिंह गुरुङ, रि. ले. उदिमबहादुर गुरुङ र शर्मिला गुरुङले साथ दिएका थिए । यस पटकको प्रतियोगितामा घान्द्रुकस्थित पुरानो घर म्रम्चु बारघर निवासी एलिका गुरुङ प्रथम र तल्लो गाउँ निवासी केन्जी गुरुङ दोस्रो हुन सफल भए ।

पुरस्कार दिने क्रममा यस पटकको विजेता एलिका गुरुङलाई गत सालको विजेता आयुष्मा गुरुङले रनिङ्ग शिल्ड हस्तान्तरण गरेका थिए र गत सालको विजेताले यस वर्षको कार्यक्रममा गुरुङ भाषामा छोटो मन्तव्य राख्नु पर्ने परम्परालाई पछ्याउँदै शिल्ड हस्तान्तरण गरेपछि आयुष्मा गुरुङले आकर्षक तरिकाले बोलेका थिए ।

अन्तमा सनम र जुमप्रसाद गुरुङ संयोजक रहेको संस्कृतिक कार्यक्रममा कलाकारहरुमा पुनम गुरुङ, सनम गुरुङ, आरती गुरुङ, प्रशुन गुरुङ, प्रेमकुमारी गुरुङ, राजकुमार गुरुङ र अल्का गुरुङ आदिको बेजोड नृत्यले माहोल एकदमै मनोरञ्जनात्मक रह्यो । त्यस्तैगरी कार्यक्रमको बीचबीचमा सदस्य डमरबहादुर गुरुङले कविता, मुक्तकहरु वाचन गरेर पनि कार्यक्रमलाई सुनमा सुगन्ध थपिदिएको थियो र अन्तमा आमा टोलीको गाउँले शैलीमा हर्मोनियम, मादल, खैचडीको तालमा लाइभ गीतमा कक्टेल नाचमा रम्दै गर्दा समय सकेको जानकारी दिँदै अध्यक्ष अर्जुन गुरुङले धन्यवादसहित साथमा कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!