११ औं मेलामा साउथ ईस्ट रिजनल तमुधिंको सहभागिता

SHARE:

एटा संवाददाता
लन्डन । गत २५ अगष्टका दिन लन्डनस्थित क्याम्पटन पार्कमा सम्पन्न ११ औं नेपाली मेलामा साउथ ईस्ट रिजनल तमुधिंको सहभागिता रह्यो । सदाझैं मेलालाई भव्य रुपमा सम्पन्न गर्नका लागि संस्थाका अध्यक्ष हिराप्रसाद गुरुङ, प्रमुख सल्लाहकार क्याप्टेन नारायणबहादुर गुरुङ एमभिओ, आमा प्रमुख तथा उपाध्यक्ष पार्वती गुरुङ तथा आमा समूह, आठौं कार्यसमितिका सम्पूर्ण पदाधिकारी, सल्लाहकार, आजीवन सदस्यहरु लगायतको विशेष उपस्थिति थियो । मेलाका लागि उपाध्यक्ष सुमन गुरुङले ४९ र ६१ सीट क्षमताका २ वटा बसको व्यवस्था गरेका थिए ।

आयोजक तमधिं यूकेले साउथ ईस्ट रिजनल तमुधिं लन्डनलाई गुरुङहरुको मौलिक पर्व ट्होटेंका प्रस्तुत् गर्ने जिम्मेवारी दिइएअनुसार रिजनल तमुधिं यूकेले ट्होटेंसहित सोरठी नाच समेत प्रस्तुत् गरेको थियो । समाजका कमला गुरुङ, ॐदेवी गुरुङ, तारा गुरुङ, सरु घले, चन्दा, डमर गुरुङ, जितमान गुरुङ, बिशन लामा लगायत कलाकारका उत्कृष्ट प्रस्तुतिका कारण समाजले नृत्यतर्फ तृतीय पुरस्कार प्राप्त गर्न सफल रह्यो ।

यसैबीच समाजका अध्यक्ष गुरुङले समाजको तर्फबाट नेपाली मेलाको संयोजन गरेका उपाध्यक्ष सुमन गुरुङ तथा सम्पूर्ण समाजका पदाधिकारी, सल्लाहकार, आजीवन सदस्य, आमा समूह, युवा, कलाकार लगायत जेष्ठ नागरिकलाई सहभागीताका लागि हार्दिक आभार व्यक्त गरेको सहसचिव चन्द्रदेवी गुरुङले जानकारी दिएकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!