प्रवासमा एकताको सन्देश: मर्दीखोला समाज यूकेको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

SHARE:

https://www.facebook.com/share/18jnBJpfRY/?

London SK, मर्दीखोला समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम यस वर्ष अत्यन्त भव्य, सभ्य तथा उल्लासमय वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। २००७ साल मा बेलायतमा स्थापित यस सस्था ले यूकेभरि छरिएर रहेका कास्की जिल्लाअन्तर्गत मर्दीखोला क्षेत्रका बासिन्दाहरूलाई एकै ठाउँमा जोड्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले आपसी सद्भाव, सांस्कृतिक संरक्षण तथा सामाजिक एकतालाई अझ सुदृढ बनाएको आयोजकहरूले बताएका छन्।

समाजका अध्यक्ष भगवान गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि खेमसिङ गुरुङ रहनुभएको थियो भने आमा प्रमुख श्रीमती ध्रुब गुरुङको विशेष उपस्थिति रहेको थियो। धर्मगुरु कर्मा लामाद्वारा संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो। उद्घाटनसँगै राष्ट्रिय गान बजाइएको थियो र त्यसपछि मौनधारण गरी कार्यक्रमलाई गम्भीरता र सम्मानका साथ अगाडि बढाइएको थियो।

प्रमुख अतिथि खेमसिङ गुरुङले आफ्नो मन्तव्य राख्दै प्रवासमा आफ्नो पहिचान जोगाइराख्ने आवश्यकता, समाजको भूमिका तथा भावी पुस्तामा संस्कार हस्तान्तरणको जिम्मेवारीबारे जोड दिनुभयो। उहाँले यस्ता कार्यक्रमहरूले समुदायबीच सहयोग, सहकार्य र भाइचारा अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा सांस्कृतिक प्रस्तुति रहेको थियो। गायकहरू निर्जला गुरुङ, सोनी कुनुवर क्षेत्री, कोषाध्यक्ष ध्रुब गुरुङ र सुन्दर गुरुङले सुमधुर गायनमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभयो। नृत्यतर्फ आमिर गुरुङ, अहना गुरुङ, अलिसिया गुरुङ, शान्ति गुरुङ, प्यारी गुरुङ, सृष्टि तामाङ, तारा गुरुङ र लिना गुरुङले विविध सांस्कृतिक झल्को दिने आकर्षक प्रस्तुति प्रस्तुत गरेका थिए।

कार्यक्रममा समाजका सदस्यहरूद्वारा पेय पदार्थ तथा भाग्यशाली चिठ्ठा (लक्की ड्र) प्रायोजन गरिएको थियो। साथै एभरेस्ट लिंक अल्डरशटबाट नगद सहयोग प्राप्त भएको थियो भने लिटल एशिया पसलले २० किलो चामल सहयोग गरेको थियो। आमा समूहद्वारा सञ्चालन गरिएको “तातो आलु” खेल कार्यक्रमको विशेष आकर्षण बनेको थियो, जसले सबै उमेर समूहका सहभागीहरूलाई उत्साहित बनाएको थियो।

यस अवसरमा समाजसेवामा सक्रिय तथा विभिन्न संस्थामा निर्वाचित व्यक्तित्वहरूलाई विशेष सम्मान गरिएको थियो। तमु ल्हो परिवार यूकेका नव निर्वाचित अध्यक्ष रामचन्द्र गुरुङ, बीसीसी यूके आमा समूहकी नव निर्वाचित अध्यक्ष शारदा गुरुङ लगायत अन्य सदस्यहरूलाई सम्मान गरिएको थियो। साथै नयाँ छोरी–ज्वाइँ, नयाँ सदस्य, कलाकार तथा कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने प्रायोजकहरूलाई पनि सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको थियो, जसले समुदायको एकता र उत्साहलाई प्रस्ट रूपमा झल्काएको थियो। मिडिया व्यवस्थापन तेज गुरुङ, सन्तोष गुरुङ र सुनिल गुरुङले गर्नुभएको थियो भने खानपानको सम्पूर्ण व्यवस्था गोर्खा प्यालेस रेस्टुरेन्टले मिलाएको थियो।

कार्यक्रमको अन्त्यमा अध्यक्ष भगवान गुरुङले सम्पूर्ण अतिथि, कलाकार, प्रायोजक, स्वयंसेवक तथा उपस्थित महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको औपचारिक समापन गर्नुभयो। उहाँले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै समाजलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

बेलायतको अल्डरशटस्थित अल्डर्वुड स्कुलमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महासचिव दीपक गुरुङले गर्नुभएको थियो भने सांस्कृतिक कार्यक्रम सचिव सन्तोष गुरुङ र सांस्कृतिक सचिव कुमार गुरुङले सञ्चालन गर्नुभएको थियो। उपाध्यक्ष एस.के. गुरुङले स्वागत मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि, सल्लाहकार, पूर्व अध्यक्ष, आमा समूहका पूर्व अध्यक्षहरू, चेलीबेटी, दिदीबहिनी, भाञ्जाभाञ्जी, धर्मगुरु तथा सम्पूर्ण उपस्थित महानुभावहरूलाई हार्दिक स्वागत गर्नुभएको थियो।

कार्यक्रमको समापनसँगै आगामी वर्ष सन् २०२७ मे १५ तारिखका दिन पुनः वार्षिक भेटघाट कार्यक्रम आयोजना गरिने जानकारी गराउँदै आयोजकहरूले सबैलाई समयमै उपस्थित भई कार्यक्रमलाई अझ भव्य बनाउन अनुरोध गरेका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!