मुख्यमन्त्री गुरुङ स्वदेश फिर्ता

SHARE:

एटा संवाददाता
लन्डन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ एक साताको बेलायत भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । उनी गत १ सेप्टेम्बर आइतबार साँझ नेपाल फर्केका हुन् ।

उनी गत आइतबार २५ अगस्टमा सम्पन्न भएको ११ औं नेपाली मेलामा सहभागी हुन २३ अगस्टका दिन बेलायत आएका थिए । उनलाई बिदाई गर्न बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, नेपाली दूतावासका थर्ड सेक्रेटरी तेजेन्द्र रेग्मी, तमुधिं यूके अध्यक्ष नन्दजङ्ग गुरुङ, वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङ, उपाध्यक्षद्वय हरि गुरुङ र जुमकाजी गुरुङ, तमुधिं यूके पूर्वअध्यक्ष मेजर डमर घले एमबिई, सुर्जे (रामचन्द्र) गुरुङ, निवर्तमान अध्यक्ष ज्ञाम गुरुङ, सल्लाहकार एकेन्द्र गुरुङ तथा सल्लाहकारहरु, आजीवन सदस्य, कोषाध्यक्ष कुमार गुरुङ, सचिव परशुराम गुरुङ, लमजुङ समाज युके अध्यक्ष विश्वजंग गुरुङ लगायत आफन्तजन, ईष्टमित्र लगायत हिथ्रो एयरपोर्ट पुगेका थिए ।
सोही कार्यक्रमका लागि बेलायत आएका क्होला सोंथर गाउँपालिकाका प्रमुख प्रेम घले, उपप्रमुख मुनी गुरुङ र एलिसा गुरुङ भने केही दिनपछि नेपाल फर्कने तमुधिं यूकेले जनाएको छ ।

यसअघि तमुधिं यूकेले गत २७ अगस्टका दिन तमु भवन मिचेटमा एक कार्यक्रम गरी मुख्यमन्त्री गुरुङलाई बिदाई गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!