महिलाहरुले तीज मनाए

SHARE:

काठमाडौं । नेपाली महिलाहरुले तीज मनाएका छन् । तीजको अवसरमा देशभरका शिवालय मन्दिरहरुमा हिन्दू धर्मावलम्बी महिलाहरुको घुइँचो लागे । आफूले चिताएको मनोकांक्षा पूरा हुने विश्वासका साथ हिन्दू नारीहरुले तीजलाई विशेष पर्वका रुपमा मनाउँदै आएका छन् ।

पौराणिक कथनअनुसार पार्वतीले शिवजीलाई पति पाउँ भन्दै व्रत बसेको सम्झनामा सोमबार हिन्दू नारीहरु व्रत बस्ने गर्दछन् । विवाहित नारीहरु आफ्नो पतिको सुस्वास्थ्य, दीर्घायु एवं पारिवारिक सुख समृद्धिको कामनाका साथ व्रत बस्दछन् भने अविवाहिताहरु भने योग्य वर पाउँ भन्दै व्रत बस्ने मान्यता छ ।

सोमबार मुलुकभरका शिवालयहरुमा महिलाहरुले नाजगान, भजन कीर्तन गर्दै उमंगका साथ भगवान शिवको प्रार्थना, पूजा गर्ने गरेका छन् । झन, काठमाडौंस्थित पशुपतिनाथको मन्दिर परिसर त रातो वस्त्र पहिरिएका महिलाहरुका कारण राताम्य देखिएका छन् ।

अर्कातर्फ नेपाली समाजमा तीज पर्वका अवसरमा गाइने गीतमा नारीहरुका व्यथा, परिवारमा पाएका दुःख र माइती तथा घरको सम्बन्धको बारेमा चित्रण पाइन्छ । तर, यसमा पछिल्लो समय केही विकृति आएको र तीजको गीतहरु भड्किलो बन्दै गएको भन्ने गुनासो पनि आउने गरेको छ । त्यस्ता गीतहरुको आलोचना पनि हुने गरेको छ ।

यस्तै तीजको दर खाने परम्पराको आधुनिकीकरणका नाममा केही हप्ता पहिलैदेखि भड्किलो रुपमा दर खाने प्रचलन हुन थालेको भन्दै संस्कृतिविद्हरुले त्यस्ता गतिविधिप्रति चिन्ता प्रकट गर्दै पनि आएका छन् ।

आजको दिन हिन्दू नारीहरुले आफ्नो सौभाग्य, परिवारको सुस्वास्थ्य अनि दीर्घायुको कामना गर्दै व्रत बस्ने चलन छ । यद्यपी विज्ञहरुले भने व्रत बस्दा आफ्नो स्वास्थ्य, शारीरिक तन्दुरुस्तीलाई पनि ध्यान दिन सुझाव दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!