एक्का भर्सेस छक्काको भिडन्तमा चौकाको जित सुनस्चित |
चिम्खोले काईला-बेलायत
गैर आबासीय नेपाली संघ (एनआरएन) युकेको राष्ट्रिय महाधिवेशन नाजिकेदै जाँदा एक्का भर्सेस छक्काको लडाई शुरु भैरहेको बेलायतबासी नेपालीहरुलाई महसुस भएको छ | अध्यक्षको लागि प्रत्यासी पुनम गुरुङ र शेर सुनार बीचको भिडन्तलाई बेलायतबासी नेपालीले एक्का भर्सेस छक्काको उपनाम दिएका हुन् किनभने यस पटकको निर्वाचनमा बेलायतमा ठुलो जनसंख्या ओगटेको जनजातिहरु मध्ये पुनम गुरुङले सिंगल च्यालेन्ज दिदै एक्का तथा गुरुङ प्यानलमा छिन भने अर्को छक्का प्यानलको नेतृत्व दिदै शेर सुनार मगर, राई, लिम्बु, शेर्पा तामांग र दलितलाई लिएर एक्का प्यानलकी पुनम गुरुङलाई च्यालेन्ज दिइरहेको देखिन्छ | यदि यो निर्वाचनमा पुनम गुरुङको बिजय भयो भने छक्का प्यानलका शेर सुनार लगायत सम्पूर्ण प्रत्यासीहरु भिरबाट हाम फालेर मरे हुन्छ भनेर बेलायतबासी नेपाली जनताले भनिरहेका छन |
पुनम गुरुङ महिलाले पनि एनआरएन युकेको नेतृत्व पाउनु पर्छ भनेर उनका दुवै खुट्टा दह्रोसंग बेलायतको धरातलमा टेकेकी छिन भने उता शेर सुनारले पनि सबै जातिहरुले एनआरएन युको नेतृत्व गरिसके | अब दलितको पालो हो मेरो क्षमता योगदानको आधारमा यस पटक शेर सुनारले नेतृत्व पाउनु पर्छ भनि राख्दा गैर जनजातिहरुले पुनम गुरुङ र शेर सुनारको प्यानलमा चौका प्रहार गरेका छन | निर्वाचन आयोगको आचार संहिता सरसर्ती हेर्दा गुट उपगुट बनाउन नपाईने भनेर भएता पनि निर्वाचन आयोगको आचार संहितालाई मिचेर पुनम गुरुङ र शेर सुनारले प्यानलनै बनाएर हेडेको देखिन्छ | सो प्यानललाई अध्ययन गर्दा अस्सी प्रतिसत गैर जनजातिहरुले अध्यक्ष बाहेक अन्य पदहरुमा उमेद्वारी दिएर चौका प्रहार गरेको देखिन्छ | यस पटकको निर्वाचनमा जनजातिहरुले अपरिपक्कता निर्णय गरेका देखिन्छ | जनजातिहरुले जुटाउको अभियान भन्दा फुटाउको अभियान तर्फ ध्यान दिएको कारणले गर्दा यस्तो परिणाम आउने सम्भावना देखिएको हो तथा एक्का भर्सेस छक्का भिडन्तमा चौकाको जित सुनस्चित देखिएको हो |
बिगतको निर्वाचनहरुमा प्रजातान्त्रिक पक्ष र बामपन्थी पक्ष बीच निर्वाचन हुन्थ्यो भने यस पटक राजनीतिक धार अलि फितलो भएको हो कि जस्तो महसुस हुन्छ किनभने शेर सुनारको प्यानललाई नेपाली कांग्रेसको प्रतिनिधित्व गर्ने प्यानल भनेर आरोप लागेतापनि कट्टर बामपन्थी बिचार भएका उमेद्वार पनि शेर सुनारको प्यानलमा अटेको देखन्छ भने पुनम गुरुङको प्यानलमा पनि प्रजातान्त्रिक तथा बामपन्थी बिचारमा आस्था राख्ने दुवै राजनीतिक पार्टीका उमेद्वारहरुको उपस्थिति देखिन्छ | अन्त्यमा निर्वाचन एउटा प्रक्रिया हो हारजित हुन्छ नै, हारे पनि जिते पनि जितनै हो भन्ने संझेको छु सम्पुर्ण उमेद्वारहरुलाई अग्रिम शुभकामना |







