नुवाकोट । संघीय संसद्ंको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काको नेतृत्वमा सोमबार ककनी गाउँपालिका वडा नं. १ र २ मा पर्ने सिसडोलको अनुगमन गरेको छ । टोलीले नुवाकोट र धादिङको सिमाना बञ्चरे डाँडामा निर्माण गर्न लागिएको ल्याण्डफिल साइडको स्थलगत अनुगमन गरेको छ ।

नुवाकोटबाट प्रतिनिधित्व गर्ने सांसदहरु हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा, बिन्दा पाण्डेको पहलमा अनुमन गरिएको हो । काठमाडौं उपत्यकाको फोहोर बिसर्जन स्थल सिसडोल र बन्चरे डाँडामा बन्ने ल्यान्डफिल्ड साइडको निर्माणमा ढिलाइबारे अनुगमन गरिएको सांसद हितबहादुर तामाङले जानकारी दिए ।
सांसद, स्थानीय जनप्रतिनिधि, सरोकारवाला पक्ष र पत्रकारसहितको टोलीले बालाजु– ककनी–ओखरपौवा सडक खण्डमा गएको पहिरोबाट पुगेको क्षति र मर्मतबारे छलफल गरेको थियो । समेत अनुगमन गरी तत्काल मर्मतका सम्बन्धित निकायमा निर्देशन दिएको अनुगमन पश्चात प्रतिनिधिसभा सदस्य तथा नेकपाको नेता हितबहादुर तामाङले जानकारी दिनुभयो ।
अनुगमनमा विकास समिति सभापति खड्का, संघीय सांसदहरु हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा, बहादुरसिंह तामाङ, बिन्दा पाण्डे, बिना श्रेष्ठ, प्रदेश नम्बर ३ का सदस्य बद्री मैनाली गएका थिए । त्यस्तै ककनी गाउँपालिका अध्यक्ष मानबहादुर लामा, प्रभावित क्षेत्रका वडाअध्यक्ष र सदस्यहरु, काठमाडौं तारकेश्वर नगरपालिकाका वडा अध्यक्ष, धादिङ धुनिबेंसी नगरपालिकाका वडाअध्यक्ष, सदस्य, सरोकारवाला संघसंस्थाका प्रतिनिधि, पत्रकारहरु पनि टोलीमा सहभागी थिए ।














