बेजिङ्गस्टोकमा तीज रमझम

SHARE:

एटा संवाददाता
बेजिङ्गस्टोक । बेजिङ्गस्टोक नेप्लीज कम्युनिटी (बिएनसी)को तीज रमझम सम्पन्न भएको छ ।
गत ३१ अगस्ट शनिबार आयोजित कार्यक्रममा करिब दुई सय जति विभिन्न उमेर समूहका महिलाहरु सहभागी थिए । साँझ ५ बजेदेखि रातको साढे ११ बजेसम्म डिजे सन्तोष गुरुङको दमदार गीत संगीतमा रमाइलो गरेका थिए । स्वादिष्ट खानाको जिम्मा स्थानीय गोर्खा कर्मा किचनले लिएको थियो ।

कार्यक्रममा नेपालबाट आएकी ‘इन्दिरा आमा’ भनेर चिनिने समाजसेवी इन्दिरा रानामगरलाई पनि नित्याइएको थियो । कार्यक्रमको मध्यमा उनले आफूले गर्दै आएको काम र कारणबारे छोटो मन्तव्य राखिन् । विगत ३० वर्षदेखि उनले नेपालका विभिन्न जेलहरुमा रहेका कैदीहरुको छोराछोरीलाई जेलबाट निकालेर आफूले लालनपालन र शिक्षादीक्षा दिलाउँदै आएकी छन् । हालसम्म दुई हजारभन्दा बढी त्यस्ता सन्तानलाई हुर्काइसकेकी ईन्दिरा आमाका सन्तान देश विदेशमा राम्रो जीवनयापन गरिरहेको उनले बताइन् ।

हाल नेपालका विभिन्न स्थानमा रहेका उनको १७ वटा सेल्टरमा पाँच सय छोराछोरीलाई हुर्काउँदै गरेको कुरा उनले बताइन् । समाजसेवामा यस्तो अमूल्य योगदान पुर्‍याउने इन्दिरा आमाको सत्कार्यमा केही हातेमालो गरौं भनेर तीज रमझममा रमाइलो गरिरहेका आमाहरु र दिदीबहिनीहरुमाझ कार्यक्रम संयोजक सुधा गुरुङले अनुरोध गरेपश्चात् सबै सहभागीले स्वेच्छाले मन खोलेर सहयोग प्रदान गरेकाले ७ सय पाउन्ड संकलन गरिएको गुरुङले बताइन् ।
कार्यक्रममा राफल ड्र पनि गरिएको थियो । राफलको पहिलो पुरस्कार सुनको चन्द्रमा क्याप्टेन ईन्द्र गुरुङ र सुशीला गुरुङले प्रायोजन गरेका थिए । त्यस्तै अन्य पुरस्कारहरुमा एक एक सारी प्रदान गर्ने बिएनसी अध्यक्ष ओम गुरुङ, सुजाता राई र सरला शाही थिए ।

सूर्य गुरुङ पीपल मोर्ट्गेजले नेपाली चलचित्र कबड्डी कबड्डी कबड्डीको दुई वटा टिकट प्रायोजन गरेका थिए भने एस फर यू सलाद मास्टर डिलर उर्मिला श्रेष्ठ, ईन्द्र (उर्मिला) गुरुङ, सुनिता लम्साल र सुजु गुङले पनि पुरस्कार प्रायोजन गरेका थिए ।
कारणवस आफू आउन नसके तापनि समाजमा सहयोग पुर्‍याउने हेतुले सीता राई, सुजाता राई, ईन्द्र (उमा) गुरुङ, हेमा गुरुङ र तृष्णा राई केसीले टिकट लिएर सहयोग पुर्‍याएका थिए । दिदीबहिनीहरुका लागि नरेन्द्रद्रराईले तीन केस र बेम थापाले एक केस पानी प्रदान गरेका थिए । त्यस्तै एनआरएन उपाध्यक्ष एवम् अध्यक्ष प्रत्यासी पुनम गुरुङले एक सय पाउन्ड प्रदान गरी सहयोग पुराएकी थिइन् । कार्यक्रममा उनले आफू र आफ्ना समूहका उम्मेदवारहरुलाई आफ्नो अमूल्य मत प्रदान गरी विजयी तुल्याउन सबैसँग अनुरोध पनि गरेकी थिइन् ।

बिएनसी लेडिज टिमले हरेक वर्षको तीज रमझमबाट संकलित रकमबाट नेपालमा विभिन्न परोपकारी काममा सहयोग पुर्‍याउँदै आएको छ । तर यो वर्ष संकलित रकम आफ्नै बिएनसी हाउजिङ्ग प्रोजेक्टलाई प्रदान गर्ने पूर्वघोषित योजनानुसार गत आइतबार सम्पन्न बिएनसी हाउजिङ्ग मिटिङमा हाउजिङ्ग कमिटी कोषाध्यक्ष प्रसाद राई र अध्यक्ष ओम गुरुङलाई तीज संयोजक सुधा गुरुङ, कृष्णा राई र मन राईले ११ सय पाउन्ड प्रदान गरे ।
त्यस्तै सात महिनामा सर्वोच्च शिखर सगरमाथालगायत विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गर्ने प्रतिबद्धता जाहेर गरेका हिमाल आरोही निर्मल पुर्जालाई तीज रमझमबाट २ सय पाउन्ड र बिएनसी मेन कमिटीबाट ३ सय पाउन्ड गरी कुल ५ सय पाउन्ड सहयोग प्रदान गर्ने पनि गुरुङले बताइन् ।

पुर्जाले हालसम्म ११ वटा हिमालको सफल आरोहण गरिसकेका र अब अक्टोबरभित्र ३ वटा हिमाल आरोहण गरी आफ्नो मिसन पूरा गर्ने लक्ष्य लिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!