यूकेमा ‘सिमि नासा’ प्रदर्शन हुने

SHARE:

भेगलाल गुरुङ
लन्डन । आउँदो शुक्रबार १३ सेप्टेम्बरमा एम्पायर हल, अल्डरसटमा तमु शास्त्र (प्ये) तथा संस्कार–संस्कृतिमा आधारित तमु भाषाको चलचित्र ‘सिमि नासा’ (पितृलोक)को प्रिमियर शो हुने भएको छ ।

पोखरा र स्याङ्जामा भएको प्रदर्शनीबाट निक्कै चर्चा र दर्शक–श्रोताको माया बटुल्न सफल यो चलचित्र पहिलोपटक विदेशमा प्रदर्शन हुन लागेको हो । तमु फिल्मस् प्रा.लि. पोखराको व्यानरमा निर्मित सो चलचित्रले मान्छेको भौतिक शरीर मरेर गए पनि उसको आत्मा कहिल्यै मर्दैन भन्ने तमु समुदायमा विद्यमान विश्वासलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ । मौलिक परम्परागत संस्कार संस्कृतिलाई बेवास्ता गर्दा भोग्नु पर्ने समस्या र त्यस समस्याले निम्त्याउने भयावह स्थिति आदीको बारेमा केलाएर देखाउने प्रयास गरेको छ ।

हालसम्म बनेको तमु चलचित्रहरुभन्दा फरक धारको कथावस्तु बोकेको यस चलचित्रको निर्देशन करण गुरुङ (गोरा) ले गरेका छन् भने भेष गुरुङ, बसन्ती गुरुङ, प्रतिमा गुरुङ, खुशी गुरुङ, थमन गुरुङ र दिपक गुरुङ (मास्टर) लगायतको
अभिनय छ ।

त्यसैगरी गंगा गुरुङको परिकल्पना तथा ईन्जिनियर रोशन गुरुङको कथा रहेको सिमि नासा चलचित्रका निर्माताहरु सविता गुरुङ, भावना गुरुङ, भेगलाल गुरुङ, मेनुका गुरुङ, नन्दबहादुर गुरुङ (एनबि), बुद्धि गुरुङ, ई. रोशन गुरुङ, करण गुरुङ र गंगा गुरुङ छन् ।

यूकेमा सिमि नासा (पितृलोक) को प्रदर्शनको लागि संयोजन गरिरहेका निर्माता भेगलाल गुरुङले बेलायतवासी सबैलाई चलचित्र हेर्न आइदिन विनम्र अनुरोध गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!