केवाईसी यूकेको च्यारिटी डिनर सम्पन्न

SHARE:

सुरेन्द्र इङ्नाम
अल्डरसट । किरात याक्थुङ चुम्लुङ (केवाईसी) यूकेले एक च्यारिटी डिनर नाइटको आयोजना गरेको छ ।

कल्याणकारी कोष निर्माणार्थ केवाईसीले बेलायतको अल्डरसटमा यही सेप्टेम्बर ८ तारिखका दिन च्यारिटी डिनर आयोजना गरेको हो । कल्याणकारी कोषबाट संस्थाका सदस्यहरुलाई आपतविपद् पर्दा सहयोग पुर्‍याइने छ ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेका अध्यक्ष जङ्ग सुनुवार, किरात राई यायोक्खा यूकेका उपाध्यक्ष सुमनचन्द्र राई, पाँचथर समाज यूकेका अध्यक्ष चन्द्र सुन्दास, तेह्रथुम समाज यूकेका अध्यक्ष डम्मर सिङ्गक् लिम्बु, धरान समाज यूकेका अध्यक्ष सूर्यमान गुरुङ, नेफिन यूके महिला विभागकी अध्यक्ष शान्ताकला राई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेका अध्यक्ष प्रमिला लाबुङ राई साथै नेपालबाट आएका कलाकारहरु ब्रबिम शेर्मा, साहित्यकार तथा लेखक खगेन्द्र पन्धाक, नायिका सुमी लीबाङ् लिम्बु र मिडियाकर्मी विश्व लिम्बु लगायत थिए । केवाईसी यूकेका अध्यक्ष तिलविक्रम सम्बाहाङ्फेले कार्यक्रमको सभापतित्व गरेका थिए । कार्यक्रमलाई महासचिव गणेश ईजमले सञ्चालन, सुरक्षा जानकारी वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्बाङ, स्वागत मन्तव्य कार्यक्रम संयोजक धन काम्बाङ्ले दिएका थिए ।

यसैगरी डिनर नाइटलाई अवसर पारेर संस्थाले गरेको गतिविधिका सम्मान पत्र र प्रशंसा–पत्र प्रदान गरेको थियो । चुम्लुङ अवार्ड, यलम्बर अवार्ड, यालाङ् सम्मान–पत्र, सर्वोत्कृष्ट लिम्बु पहिरन, के:लाङ अवार्ड साथै प्रशंसा–पत्रहरु वितरण गरिएको थियो ।

डिनर नाईटमा लिम्बु नेपाली शब्दकोष, लिम्बु मुन्धुम पुस्तकहरु, च्याब्रुङ, तोङ्बा ढाकाका लुगा तथा सामग्री पनि बिक्रीमा राखिएको थियो ।
कार्यक्रममा नायिका सुमी लिबाङले नृत्य प्रस्तुत र सुरेन्द्र इङ्नामले मीठो बाँसुरीको धुन पस्केका थिए । दिउँसो ३ बजेबाट सुरु भएको कार्यक्रम साँझ ९ बजे सकिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!