एनआरएन यूकेको नवौं राष्ट्रिय महाधिवेशन सम्पन्न

SHARE:

एटा संवाददाता
लन्डन । एनआरएन यूकेको नवौं राष्ट्रिय महाधिवेसन आइतबार ७ सेप्टेम्बरका दिन अल्डरसटस्थित अल्डरउड स्कुलको सभाकक्षमा सम्पन्न भएको छ ।

एनआरएनए यूकेका पंजिकृत सदस्यहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा एनआरएन यूके महासचिव राजकुमार त्रिपाठी र कोषाध्यक्ष सचिन श्रेष्ठले प्रस्तुत् गरेको वार्षिक तथा आर्थिक प्रतिवेदन व्यापक छलफलपश्चात् पारित गरिएको थियो । त्यस्तै, विधान समिति संयोजक संरक्षक योगेन क्षेत्रीले विधान संशोधनको प्रस्ताव पेस गरेका थिए । उनले प्रस्तुत् गरेको विधानमाथि व्यापक रुपमा छलफल गरिएको थियो । छलफलपश्चात् एउटा बुँदामात्र पारित गरिएको थियो ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एनआरएन आईसीसीका निवर्तमान अध्यक्ष शेष घले, उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यसहितका एनआरएनए केन्द्रीय नेता र अभियन्ताहरुको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि एवं नेपाली राजदूत डा. सुवेदीले योगकुमार फगामीको अध्यक्षतामा रहेको कार्यसमितिले गैरआवासीय नेपालीहरुको अभियानलाई बेलायतभर फैलाउन गरेको कामको प्रशंसा गरे । त्यस्तै, उनले नेपाली समुदाय बेलायतको एकताका लागि गैरआवासीय नेपाली संघ यूकेको भुमिका महत्वपूर्ण रहेको बताउँदै सो अभियानलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

त्यस्तै, आईसीसीका निवर्तमान अध्यक्ष शेष घलेले सबै एकजुट भएर काम गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिँदै आगामी अक्टोबरमा नेपालमा हुनलागेको विश्व सम्मेलनमा सकारात्मक र रचनात्मक सहभागिताको लागि आग्रह गरे ।
कार्यक्रममा एनआरएन यूकेका अध्यक्ष फगामीले आफ्नो नेतृत्वको २ वर्षे कार्यकालमा सक्दो काम गर्ने प्रयास गरेको बताउँदै सदस्यता विस्तार, राज्य समन्वय परिषद गठन लगायत महत्वपूर्ण सफलता पाएको स्मरण गरे । उनले कतिपय कामहरु प्रयास गरेका भए तापनि पूरा हुन नसकेको बताउँदै आफ्नो कार्यकालका सहयोगी हातहरुलाई धन्यवाद दिए ।

कार्यक्रममा आईसीसी उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्य, सल्लाहकार डा. हेमराज शर्मा, युरोप संयोजक शिव बरुवाल, पूर्वप्रवक्ता मना केसी, आईसीसी सदस्यहरु रामशरण सिम्खडा, कुमारी गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

निर्वाचन मण्डलका संयोजक एवम् प्रमुख संरक्षक मे रि डमर घले र सहसंयोजक एवम् प्रवक्ता शिवजी श्रेष्ठले निर्वाचन प्रक्रियाबारे जानकारी दिएका थिए ।
एनआरएनए यूकेको नयाँ कार्यसमिति चयनका लागि आउँदो शनिबार १४ सेप्टेम्बरका दिन ७४ वटा स्थानका लागि १३ वटा मतदान केन्द्रमा मतदान हुँदैछ । संभवता: आउँदो १४ सेप्टेम्बर आइतबारका दिन एनआरएन यूकेले नयाँ नेतृत्व पाउने छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!