लन्डन । एभरेष्ट टाइम्स संवाददाता जयराम तामाङ नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाको सल्लाहकारमा चयन भएका छन् ।
एफएनजे यूकेको गत १६ जुन २०२६ मा सम्पन्न भर्चुअल बैठकले एभरेष्टकर्मी तामाङसहित ९ जना सल्लाहकार चयन गरेको हो । बैठकले सल्लाहकारमा एभरेष्ट टाइम्सका पूर्वसम्पादक तथा व्यवस्थापक पूर्ण गुरुङ, वरिष्ठ पत्रकार भगीरथ योगी, पूर्वअध्यक्ष चिरन शर्मा, श्याम लुइँटेल, दिनेश परियार, कुशल श्रेष्ठ, प्रजय शुक्ला र नरेश काङ्माङ राईलाई चयन गरेको छ ।
यसअघि संस्थापक अध्यक्ष नवीन पोखरेल तथा पूर्व अध्यक्षहरु नरेश खपांगीमगर र ध्रुवराज अर्याल सल्लाहकार थिए ।






